२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सदस्यता नवीकरणको समयावधि एकमहिना थप



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय संगठन विभागको सातौं बैठक २०७९ असार २० गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको छ ।

बैठकमा पार्टी सदस्यता नवीकरण, संगठनसम्बन्धी कार्यशाला, अनुगमन र मूल्याङ्कन तथा बार्षिक कार्ययोजना कार्यान्वयन सम्बन्धमा छलफल भएको एमालेले जनाएको छ ।

सो पार्टीका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्य र संगठन विभाग प्रमुख खगराज अधिकारीको अध्यक्षतामा भएको बैठकमा विभाग सदस्यहरुले छैटौं बैठक यताका कामको संक्षिप्त रिपोर्टिङ प्रस्तुत गरेका थिए ।

बैठकले पार्टी सदस्यता नवीकरणको समयावधि असार मसान्तमा सकिने भएकाले साउन मसान्तसम्म थप गर्ने निर्णय गरेको छ ।

संगठनसम्बन्धी कार्यशालाका सम्बन्धमा बाग्मती प्रदेशमा सम्पन्न भइसकेको र अन्य प्रदेशको हकमा असार, साउन र भदौ महिनामा सम्पन्न गर्ने कार्यतालिका तय गरेको छ ।

जस अनुसार, प्रदेश १ मा यसै असार महिनाको २९ र ३० गते, गण्डकी प्रदेशमा साउन १ र २ गते, लुम्बिनी प्रदेशमा साउन १३ र १४ गते, सुदूरपश्चिममा साउन ३ र ४ गते र कर्णाली प्रदेशमा भदौ पहिलो साता सम्पन्न गर्ने निर्णय गरेको छ । मधेश प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय कमिटीको समयतालिका पनि छिटै तय हुने छ ।

बैठकमा महासचिव पोखरेलले सांगठनिक काम व्यवस्थित गर्ने, जनताका सरोकारका विषय र सामाजिक मुद्दाहरूमा पार्टी कमिटीबाटै आवाज उठाउनुपर्ने, जनसंगठनहरूको अधिवेशन निश्चित समयभित्र सम्पन्न गर्ने, सबै तहका कमिटीहरूमा सचिवालय गठन गर्ने लगायत विषयमा निर्देशनात्मक मन्तव्य राख्नु भएको थियो ।

बैठकमा संगठन विभाग सचिवमा मनोनयन भएका सम्झना देवकोटालाई हार्दिक बधाई ज्ञापन गर्दै स्वागत गरिएको थियो ।