१५ बैशाख २०८२, सोमबार
,
Latest
रत्नपार्कमा उभिएर उत्साहित हुँदै राजावादीले दिए एकताको सन्देश शिक्षक आन्दोलनले देशलाई पछाडि धकेल्छ : अध्यक्ष बिजुक्छेँ मन्त्रिपरिषद् निर्णय: शिक्षक आन्दोलन वार्ताबाट समाधान गरिने ‘सहरी क्षेत्रमा अब नयाँ अस्पतालका लागि जग हाल्नु आवश्यक छैन’ सलहेश फूलबारी परिसरमा ‘अम्बेडकर पार्क’ बन्ने सङ्घीयताका मर्मअनुसार कार्यक्रम सञ्चालन गरिनुपर्ने ‘पुनर्स्थापनाका थप काम सम्पन्न गर्न समय तोकेरै अगाडि बढ्न पहल गर्छौं’ अवैध वित्तीय कारोबारमा संलग्न आरोपमा २१ जना पक्राउ पाथीभरा देवी दर्शन केवलकारद्वारा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान सात सहरमा प्रस्तुति दिन अमेरिकातर्फ नेपथ्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा लखनउमाथि पहिलो जितको खोजीमा हैदरावाद



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सनराइजर्स हैदरावादले लखनउ सुपर जाइन्ट्सको सामना गर्दैछ । खेल बेलुका ७ः४५ बजेदेखि हैदरावादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ । दुवै टोली यो सिजन पहिलो पटक आमनेसामने हुँदैछन् ।

दुवैको सिजनको यो १२ औं खेल हुनेछ। दुवै टोलीले ११ खेलमध्ये ६ मा जित र ५ खेलमा हार बेहोरेका छन् । राम्रो रन रेटका कारण हैदराबाद चौथो स्थानमा र लखनउ पाँचौं स्थानमा छ । आजको खेल जित्ने टोलीको प्लेअफको सम्भावना बढ्नेछ ।

आईपीएलमा हैदरावादले अहिलेसम्म लखनउलाई हराउन सकेको छैन । हैदरावाद र लखनउबीच लिगमा हालसम्म ३ खेल भएका छन् । लखनउले सबै तीनै खेल जितेको छ ।

यस सिजन हैदरावादका ब्याट्सम्यान राम्रो लयमा छन् । तीन ब्याट्सम्यानले तीन सयभन्दा बढी रन बनाएका छन् । जसमा ट्राभिस हेड, हेनरिक क्लासेन र अभिषेक शर्मा छन् । हेड ४ सय ४४ रन बनाएर टिमका सर्वाधिक स्कोरर हुन् । बलरमा टी नटराजन र कप्तान प्याट कमिन्सले राम्रो प्रदर्शन गरिरहेका छन् । नटराजन १५ विकेट लिएर टोलीका सर्वाधिक विकेट लिने खेलाडी हुन् ।

लखनउमा कप्तान केएल राहुल बाहेक मार्कस स्टोइनिस र निकोलस पूरनले पनि उत्कृष्ट ब्याटिङ गरिरहेका छन् । तीनै जनाको नाममा ३०० भन्दा बढी रन छन् । राहुलले ११ खेलमा ४३१ रन बनाएका छन्, उनी टोलीका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् । बलिङमा यश ठाकुर शीर्ष स्थानमा छन् । उनले ११ विकेट लिएका छन् ।