२५ भाद्र २०८३, बिहीबार
,
Latest
केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छः मुख्यमन्त्री आचार्य उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा हाम्रो पात्रो प्रयोगकर्ताबाट विपद् उद्धार कोषमा १ करोड २५ लाख सहयोग रसुवा बाढीमा मृत्यु हुनेको संख्या १,३७७ पुग्यो, ५ हजारभन्दा बढी बेपत्ता ग्यास अभावबारे मन्त्रीको अभिव्यक्तिप्रति महासंघको आपत्ति भोटेकोशी बाढीः आठ मिलियन युरो सहायता बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याग्दीमा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु



अ+ अ-

गलेश्वर । म्याग्दीमा सोमबारदेखि सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले खेलमा अनुशासन सबैभन्दा महत्वपूर्ण हुने बताउँदै खेलाडीहरुले अनुशासनपूर्वक प्रतिस्पर्धा गर्न आग्रह गर्नुभयो ।

प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स र मार्सल आर्ट खेल समावेश गरिएका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताउनुभयो । सहभागी खेलाडीले ५० स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । यस पटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिकाअनुसार कबड्डी, भलिबल, एथ्लेटिक्सतर्फ ट्र्याकमा एक सय, दुई सय, चार सय, आठ सय, १५ सय, तीन हजार, चार गुणा एक सय र चार गुणा चार सय मिटर खेल हुनेछ ।

प्रतियोगिताको पहिलो दिन मार्सल आर्टको उसु, तेक्वान्दो, कराते खेल सकिएको छ । मार्सल आर्ट विधाका तीन खेलबाट १८ स्वर्णपदकको टुङ्गो लागिसकेको छ । एथलेटिक्स, कबड्डी र भलिबल खेल जारी छ ।