५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्दीपुरमा पर्यटन सूचना केन्द्र स्थापना गरिँदै



अ+ अ-

तनहुँ । बन्दीपुर गाउँपालिकाले बन्दीपुरमा आउने पर्यटकको गणना गर्ने भएको छ । कुन देशका कति पर्यटकले बन्दीपुरमा भ्रमण गरे भन्ने तथ्याङ्क सङ्कलनमा सहज गराउने उद्देश्यले गणना गर्न लागिएको हो ।

देश विदेशबाट बन्दीपुर घुम्न आउने पर्यटकलाई व्यवस्थित गर्ने उद्देश्यले पर्यटन सूचना केन्द्र स्थापनासमेत गर्न लागिएको गाउँपालिकाले जनाएको छ । होमस्टे र होटलको एकीकृत जानकारी गराउन पर्यटन सूचना केन्द्र स्थापना गर्ने लक्ष्य लिइएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।

मुकुन्देश्वरी पदमार्ग निर्माणलाई निरन्तरता दिँदै हाफ म्याराथन र साइक्लिङजस्ता प्रतियोगितालाई निरन्तरता दिइने छ । उहाँले भन्नुभयो, “पालिकाभित्र रहेका पर्यटकीय गाउँ प्राथामिकताको आधारमा नमूनाको रुपमा विकास गर्दै लगिने छ ।” गण्डकी प्रदेशको दोस्रो पर्यटकीय गन्तव्य एवं पहाडकी रानीको नामले परिचित रहेकोले बन्दीपुर मातहतमा रहेका छ वटै वडामा पर्यटकीयस्थलको दीगो विकास गरी संरक्षण एवं प्रवद्र्धन गर्ने योजना रहेको छ ।

गाउँपालिका भित्र पर्यटकीय केन्द्र निर्माण गर्नाका साथै पर्यटन ऐन बनाई नियमन गर्ने नीति पारित गरिएको गाउँपालिकाले जनाएको छ । बन्दीपुर बजार क्षेत्रलाई विशेष संरक्षित क्षेत्र घोषणा गरी संरक्षण र संवद्र्धन गरिनेछ । पालिकाभित्र रहेका पर्यटनसँग आवद्ध संस्थालाई सक्रिय र सङ्गठित बनाउँदै पर्यटन गतिविधि सञ्चालन गर्ने नीति गाउँपालिकाको छ ।

उज्याले बन्दीपुरअन्तर्गत उज्याले गाउँ अभियान सञ्चालन गर्दै सिद्ध गुफा, पातलद्वारी गुफा, हुस्लाङ््ककोट दरबार मुकुन्देश्वरी पदमार्ग, चन्द्रकोट गढी, थानीमाई, भुकभुकेलगायत पर्यटकीयस्थलको संरक्षण र संवद्र्धन र प्रवद्र्धन गरिनेछ । पर्यटन लक्षित उत्पादन प्रवद्र्धनलाई प्रोत्साहन गरी थप रोजगारी सिर्जना गर्ने , होमस्टेको संरक्षण संवद्र्धन र प्रवद्र्धन गरी होमस्टे सर्किटको विकास गर्ने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टले जानकारी दिनुभयो । साहसिक पर्यटन जीप फ्लाइङ, प्यारग्लाइडिङग र रक क्लाइमिडको सम्भाव्यता अध्ययन गरी पर्यटकीय क्षेत्रको विकासमा जोड दिइनेछ ।

पर्यटकीय नगरी बन्दीपुर बजारमा रहेका बिध्दावासिनी मन्दिरबाट भइसेखार, खड्कमाई र टुँडिखेलसम्म ढुङ्गा छपनी कार्य सम्पन्न गरी पर्यटन प्रवद्र्धन कार्यलयाई सबल बनाउने नीति गाउँपालिकाकोे छ । सहरी क्षेत्रका मात्रै नभइ ग्रामीण होमस्टेको प्रवद्र्धन गर्न होमस्टे मार्ट सञ्चालन गर्ने लक्ष पनि रहेको गाउँपालिले जनाएको छ ।




भर्खरै