• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
Latest
★   नागरिक उड्डयनमन्त्री तामाङ्गद्वारा त्रिदेवीनगर, कोटेश्वरको सडक चौडा गर्न स्थलगत निरीक्षण ★   रोहितको कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा ★   हार्दिक पाण्ड्यालाई २४ लाख जरिवाना ★   विभिन्न देशका ओलम्पिक खेलाडी विराटनगरमा ★   यी ४ टोली टी–२० विश्वकपको सेमिफाइनल पुग्ने, इंग्ल्याण्डका पूर्व कप्तानले गरे भविष्यवाणी ★   पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि नि:शुल्क गरिने ★   बेलायतमा नेपाली कन्सर्ट हुँदै ★   आमिर खानले छिट्टै शाहरुख–सलमानसँग फिल्म गर्ने ★   दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सिप मेलाको लक्ष्य हो: उपप्रमुख डंगोल ★   अष्पष्ट दृष्टिकोण र निराशाजनक भाष्यबीच अस्तव्यस्त कृषि

विश्वविद्यालयमा तालाबन्दी लगाउने काम सदाका लागि अन्त्य गर्ने: शिक्षामन्त्री पौडेल



काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरुमा तालाबन्दी लगाउने काम हुन नदिन सरकार सचेत रहेको बताउनु भएको छ ।

मन्त्री पौडेलले विश्वविद्यालयहरुमा तालाबन्दी लगाउने काम सदाका लागि अन्त्य गर्न सरकारले समयमा परिक्षा लिने, परिणाम निकाल्ने र विद्यार्थीहरुले पठनपाठन सम्बन्धि उठाएका अन्य मागहरुको सम्बोधन गर्न गम्भिर छलफल र संवाद भईरहेको बताउनु भयो । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले विश्वविद्यालयहरुमा तालाबन्दी लगाउन नहुने विषयमा सांसदहरुले राखेको धारणा जायज रहेको प्रतिक्रिया समेत दिनु भयो । मन्त्री पौडेलले सांसदहरुले तालबन्दीको विरोध गरेपछि त्रिभुवन विश्वविद्यालयलगायतका विश्वविद्यालयहरुमा लगाइएको तालाबन्दी खुलेको पनि स्मरण गराउनु भयो ।

उहाँले भन्नु भयो, ‘विश्वविद्यालयसँग सम्बन्धित पठनपाठनमा केही समस्या आयो भने वार्ता, सहमती र संवादको माध्यामबाट हल गर्ने हो । चाबी लगाउने, तालाबन्दी गर्ने, डिष्टर्व गर्ने, प्रशासनिक काम गर्न नदिने, परीक्षा प्रणालीलाई डिष्टर्व गर्ने कुरा राम्रो हँदैन । त्यसकारणले हामी अहिले रहेका कतिपय विश्वविद्यालयहरु बन्ने क्रममा रहेका छन । र, चालू रहेका विश्वविद्यालयहरुलाई उहाँहरुको इक्ज्याम प्रणाली, परीक्षा निकाल्ने समय अवधि र त्यसलाई नियमन र नियमित गर्नको निम्ति हामी उहाँहरुसँग गम्भिर रुपमा छलफल, संवाद र कुराकानीमा छौं र लामो समयपछि त्रिभुवन विश्वविद्यालयको तालाबन्दी पनि यसैसँग सम्बन्धित रहेर सदनमा नै यो विषयमा कुरा उठेको हुनाले कतिपय तालाबन्दी गर्ने पक्षलाई पनि नैतिक दवाव भएको हुनाले अहिले त्रिभुवन विश्वविद्यालयलगायतका विश्वविद्यालयहरुमा तालाबन्दी छैन । र, यो तालाबन्दी नहोस् भन्ने कुरा जुन उठाउनु भएको छ । त्यो जायज कुरा हो ।’

मन्त्री पौडेलले विश्वविद्यालयको पठनपाठनमा अवरोध हुने खालका कुनै पनि गतिविधि राम्रो नभएको पटकपटक दोहोर्याउनु भयो ।