१० भाद्र २०८३, बुधबार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अयोग्य अर्थमन्त्रीलाई फेर्न गुरुराज घिमिरेको प्रधानमन्त्रीसँग माग



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले अयोग्य भइसकेका अर्थमन्त्री जनार्दन शर्मालाई फेर्न प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष माग गरेका छन् ।

उनले सामाजिक सञ्जालमा एक ट्विट गर्दै अर्थमन्त्री शर्माको अयोग्यता छताछुल्ल भइसकेको बताएका छन् । गभर्नर निलम्बनमा अर्थमन्त्री शर्माको अयोग्यताको एक दृष्टान्त रहेको भन्दै अहिले सिसिटिभी फुटेज मेटाउनु थप अयोग्यता रहेको बताएका छन् ।

ट्विटमा उनले भनेका छन्, “वर्तमान सरकारका अर्थमन्त्रीको अयोग्यता छताछुल्ल नै छ । अर्थतन्त्रमा यसले नकारात्मक असर पारेको छ।गभर्नर निलम्बन प्रकरण एउटा दृष्टान्त हो । अहिले आएर सिसिटिभी फुटेज मेटाउनुले उहाँको थप अयोग्यतालाई दर्साउँछ ।”

नेता घिमिरेले प्रधानमन्त्री देउवालाई अर्थमन्त्री फेर्न माग गर्दै प्रश्न गरेका छन, “के नेपालमा अर्थमन्त्री हुने अरू मान्छे छैनन् रु प्रमले मन्त्री फेर्नु पर्दैन ?”