२५ भाद्र २०८३, बिहीबार
,
Latest
एक सय सात पिन्ट रगत सङ्कलन जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा कानूनमन्त्री गौतमले राष्ट्रिय सभामा माफी मागिन् मन्त्रिपरिषद् बैठक जारी, बाढी प्रभावित क्षेत्रबारे छलफल हुँदै सरकारको केन्द्र सिंहदरबारबाट बाहिर सरेर ‘ज्वागल’ पुग्यो: अमरेश कुमार सिंह राष्ट्रिय सभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक सर्वसम्मतिले पारित झाँक्रीद्वारा सरकारलाई दलगत दृष्टिकोण त्यागेर विपद्मा समन्वय गर्न आग्रह कोइम्ब्रामा बाढी–पहिरोमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली सभा विपत्तिमा राजनीति होइन, उद्धार र नागरिकको जीवन रक्षा प्राथमिकतामा हुनुपर्छ : खुश्वु ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तरीमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु



अ+ अ-

सप्तरी । सप्तरीमा गए राति भएका छुट्टाछुट्टै घटनामा परी दुई व्यक्तिको मृत्यु भएको छ । राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस नजिक मिलनचोकमा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार विष्णुपुर गाउँपालिका–५ कट्टीका ५५ वर्षीय लेल्है खंगके मृत्यु भएको प्रहरीले जनाएको छ ।

को ७ प ४४१० नंको मोटरसाइकलमा राजविराजबाट विष्णुपुर घरतर्फ जाने क्रममा विपरीत दिशाबाट आउँदै गरेको स १ त २८७८ नंको ट्र्याक्टरले मिलनचोकमा ठक्कर दिएको थियो । खंगको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रयाक्टर र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै तिलाठी कोइलाडी गाउँपालिका–३ सखरपुरामा करेन्ट लागेर एक बालकको ज्यान गएको छ । स्थानीयवासी विनोद ठाकुरका ११ वर्षीय छोरा चन्दनको करेन्ट लागेर मुत्यु भएको प्रहरीले जनाएको छ । घरमा एक्लै भएको अवस्थामा डिसहोमको रिसिभरलाई सफा गर्ने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।