• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
Latest
★   समृद्ध नेपाल निर्माण गर्ने महाअभियान शुरु भएको छ: मन्त्री शर्मा ★   नेपालले टस हार्यो, पहिले फिल्डिङ गर्ने ★   आईपीएलमा आज कडा टक्कर, शिर्ष स्थानको राजस्थान र हैदरावाद भिड्दै ★   मुगुको गमगढीमा नि:शुल्क स्वास्थ्य शिविर, दुई हजार एक सयले लिए सेवा ★   आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी: अध्यक्ष ढकाल ★   प्रतितोला दुई हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु ★   मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु ★   बाल अनुदान बढाउन मन्त्री चौधरीको जोड ★   सूचना-प्रविधिलाई ‘लिडिङ फ्याक्टर’ को रूपमा आत्मसात गरौँ: प्रधानमन्त्री

सिंहदरबार वैद्यखानाका समस्या समाधानका लागि सुझाव दिन कार्यदल गठन



काठमाडौँ । सिंहदरबार वैद्यखाना विकास समितिमा लामो समयदेखि सिर्जना भएको समस्या समाधानका लागि सुझाव दिन अधिकृत कर्मचारी ऋषिराज रेग्मीको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गरिएको छ ।

कार्यदलको सदस्यमा सतीश पौडेल, रुन्धताकुमारी खरेल, डा विनोद साह, डा हरिदेवप्रसाद यादव र रामप्रवेशप्रसाद जयसवाल रहनुभएको निमित्त कार्यकारी निर्देशक डा श्यामबाबु यादवले राससलाई जानकारी दिनुभयो ।

समितिबाट औषधि उत्पादन बन्द भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत सोमबार यादवलाई निमित्त कार्यकारी निर्देशकका रुपमा नियुक्त गरेको थियो । उत्पादन बन्द भएपछि समितिका कर्मचारीले चार महिनादेखि तलबसमेत पाएका थिएनन् । यादव कार्यालयमा हाजिर भएको एक सातामा त्रिफलाबाट गत शुक्रबारदेखि औषधि उत्पादन सुरु गरिएको छ । कर्मचारीले आइतबार नै चार महिनाको तलब पनि पाएका छन् । बाँकी समस्या समाधान गरी कार्यालयलाई सुव्यवस्थितरुपमा अघि बढाउन सुझावसहितको प्रतिवेदन दिने म्यान्डेट कार्यदललाई दिइएको छ ।

कार्यदललाई असार अन्तिमसम्म प्रतिवेदन बुझाउने समय दिइएको पनि निमित्त कार्यकारी निर्देशक यादवले सुनाउनुभयो ।