२५ भाद्र २०८३, बिहीबार
,
Latest
जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा कानूनमन्त्री गौतमले राष्ट्रिय सभामा माफी मागिन् मन्त्रिपरिषद् बैठक जारी, बाढी प्रभावित क्षेत्रबारे छलफल हुँदै सरकारको केन्द्र सिंहदरबारबाट बाहिर सरेर ‘ज्वागल’ पुग्यो: अमरेश कुमार सिंह राष्ट्रिय सभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक सर्वसम्मतिले पारित झाँक्रीद्वारा सरकारलाई दलगत दृष्टिकोण त्यागेर विपद्मा समन्वय गर्न आग्रह कोइम्ब्रामा बाढी–पहिरोमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली सभा विपत्तिमा राजनीति होइन, उद्धार र नागरिकको जीवन रक्षा प्राथमिकतामा हुनुपर्छ : खुश्वु ओली हङकङमा ११औँ बीआरआई शिखर सम्मेलन सुरु, ७० देशका ६ हजारभन्दा बढी सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

डडेल्धुरा कांग्रेसको वडा अधिवेशन हुँदै



अ+ अ-

कैलाली । नेपाली कांग्रेस डडेल्धुरा जिल्लाको वडा अधिवेशन गर्ने तयारी गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। विवादकाबीच वडा अधिवेशन गर्ने तयारी गरेपछि जिल्ला निर्वाचन समितिको कार्यालयले आज वडा अधिवेशन गर्ने तयारी गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको हो।

डडेल्धुराका निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले नेपाल शिक्षक संघको सहयोगमा मतदान अधिकृत तोकी सम्बन्धित वडामा निर्वाचन सामग्री पठाइसकिएको जानकारी दिँदै वडा अधिवेशनका लागि सुरक्षा व्यवस्था पनि कडा पारिएको बताए।

 ‘विहान ८ बजेदेखि नै अधिवेशन सुरु भइसकेको  अधिकृत बमले  जानकारी दिए । डडेल्धुराको ५२ वडामा बिहान ८ बजेदेखि मतदाता नामावली प्रकाशित र अन्य काम सुरु गरिएको निर्वाचन अधिकृत बमले बताए ।

यता जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले पनि सुरक्षा व्यवस्था कडा पारिएको बताए । ‘अधिवेशन गर्ने र नगर्ने विषयमा दुई समूहबीच विवाद देखिएको छ,’ नेपालले भने, ‘निर्वाचन समितिले अधिवेशन गर्ने निणृय गरेपछि सुरक्षा व्यवस्था कडा पारेका छौँ। सुदूरपश्चिमका अन्य जिल्लाबाट पनि सुरक्षाकर्मी बोलाएर खटाएका छौँ।’ जिल्ला सभापति कर्ण मल्ल समूहले अधिवेशन स्थगित भएको  जनाउदै आएको छ भने निर्वाचन समितिले आजै अधिवेशनको पूर्ण तयारी सहित अधिवेशन सुरु भएको बताएका छन् ।