• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

नेपालको क्यानडाविरुद्धको खेल एकदिन पछि सर्यो



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले क्यानडा भ्रमणमा रहेको छ ।

स्कटल्याण्डमा हुने नामिबिया स्कटल्याण्ड र नेपाल सम्मिलित लिग २ का खेल अगाडी नेपालले स्थानीय क्लब र क्यानडाको राष्ट्रिय टोलीसँग अभ्यास खेल्न क्यानडा भ्रमणमा गएको हो ।

नेपाल र क्यानडाबिच दुई एकदिवशीय खेल तालिकामा केही हेरफेर भएको छ ।

नेपाल र क्यानडाबिचको खेल एक दिन पछि सरेको हो । नेपाल र क्यानडाबिचको खेल नँया तालिका अनुसार अब जुलाई ५ र ६ अर्थात असार २१ र २२ गते हुने भएको छ ।

यो खेल पहिला ४ र ५ जुलाई अर्थात असार २० र २१ मा तय भएको थियो ।

नेपालले स्थानीय क्लब ओन्टारियोसँगको एक खेल थपिएको कारणले गर्दा क्यानडासँगको खेल एकदिन सरेको हो ।