४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

तत्काल तरलताको समस्या समाधान नभए बजार मन्दीतर्फ जान्छः शेखर गोल्छा

तत्काल तरलताको समस्या समाधान नभए बजार मन्दीतर्फ जान्छः शेखर गोल्छा
अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आगामी मौद्रिक नीति सबैखाले अर्थतन्त्रका चुनौतीलाई समाधान गर्ने किसिमको आउने अपेक्षा गरेको बताउनुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताउनुभएको हो । उहाँले नेपाल राष्ट्र बैंकले ल्याउने आर्थिक वर्ष २०७९÷०८० को मौद्रिक नीतिले ठूला,साना, मझौला उद्योगीदेखि सर्वसाधरणहरुको समस्यालाई समेत समेट्ने गरी आउनेमा आशावादी रहेको बताउनु भयो । उहाँले अहिले अर्थतन्त्रमा चुनौती देखिएको भन्दै आगामी आर्थिक वर्षको मौद्रिक नीतिबाट अर्थतन्त्रको सुधार हुने धेरै अपेक्षा रहेको बताउनु भयो । अध्यक्ष गोल्छाले ५० लाख शेयर डिम्याट खाता खोलेर बसेका सर्वसाधरण समेत मौद्रिक नीतिकै आशमा बसिरहेको बताउनु भयो । उहाँले उद्योगी व्यवसायीहरुले जीवनमा नभोगेको तरलता अभाव यसवर्ष अत्यन्तै गहन र जटिलरुपमा भोग्नु परेको पनि बताउनु भयो । अध्यक्ष गोल्छाले तत्काल तरलताको समस्या समाधान नभए बजार मन्दीतर्फ जानसक्ने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो,‘आगामी मौद्रिक नीतिले ठूला उद्योगी व्यवसायीहरु मात्रै नभएर साना र मझौला उद्योगी व्यवसायीहरु र ५० लाख डिम्याट खाता खालेर बसेका शेयर लगानीकर्ताहरु लगायत सर्वसाधरणको समस्या समाधान हुन्छ की हुँदैन भनेर एकदमै ठूलो चासोको रुपमा हेरिरहेका छन् । उद्योगी व्यवसायी मात्रै नभएर सम्पूर्ण नेपालीले राष्ट्र बैंकमाथि विश्वास गरिएको छ । अहिले जुन अवस्था उद्योगी व्यवसायीहरुले तरलता र तरलतासँग जोडिएर वहुपक्ष प्रभाव अर्थतन्त्रमा परेको छ यस्तो उद्योगी व्यवसायीहरुले जीवनमा पहिला अहिले पनि देखेका र भोगेका थिएनौं । पहिला पनि तरलताका समस्या थिए । तर,यति गहन,जति जटिल तरलताको समस्या अहिले भोगिरहेका छौं । यो समस्याले गर्दा बजारमा अहिले ठूलो मन्दीको स्थिति आएको छ । कुनै नयाँ लगानी आउन सकेको छैन भने अहिले राजश्वमा पनि यसको असर देखिन थालिसकेको छ । उद्योगी व्यवसायीहरु असारमसान्तमा आफ्नो ऋण कसरी तिर्ने भन्ने चिन्तामा रहेका छन् । यो तरलता समस्याको समाधान भएन भने नेपाल एउटा ठूलो मन्दीमा जानेछौं ।’

अध्यक्ष गोल्छाले बजार मूल्य ८ प्रतिशत कुरा गरेता पनि होलसेल मार्केटमा १८ प्रतिशत पुगेको जिकिर गर्नुभयो । उहाँले ५० लाख डिम्याट खाता खोलेर बसेका साना व्यवसायी र सर्वसाधरणको ठूलो लगानी शेयर बजारमा डुबेको बताउनु भयो । अध्यक्ष गोल्छाले शेयर लगानीकर्ताको अवस्था असहज भएकाले मौद्रिक नीतिले राहत देला भन्ने आशमा रहेको बताउनु भयो । उहाँले अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको शेयर बजारले समेत गतिलिन नसक्नु अर्थतन्त्रको लागि चुनौतीपूर्ण रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ अहिले हामीले ८ प्रतिशतको मूल्यवृद्धिको कुरा गरिरहेका छन् । अहिले जसरी अन्तर्राष्ट्रिय रुपमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ । अहिले होलसेल मूल्य समेत १८ प्रतिशतले बढेको छ । जुन अहिलेसम्म बजारमा देखा परेको छैन । अब हामीले कसरी १८ प्रतिशतको मूल्यवृद्धिमा आफ्नो जीवन कसरी चलाउने हो भनेर सर्वसाधरणले हेरेका छन् । मौद्रिक नीति प्रतिको अपेक्षा बढेको छ । त्यस्तै,५० लाख डिम्याट खाता खोलेर बसेका साना व्यवसायी र सर्वसाधरणको ठूलो लगानी डुबेको छ । मौद्रिक नीतिले कस्तो नीति ल्याउला,कसरी शेयर बजारको सूचकमाथि आउने होला । शेयर मार्केट जुन गतिमा सुचारु हुने पर्ने हो त्यो गतिमा कहिला जाला । हरेका अर्थतन्त्रको लागि मेरुदण्डको रुपमा बढ्नुपर्ने हो।’

अध्यक्ष गोल्छाले अहिले बैंकको ट्रेजरी बिलकोसमेत ब्याज बढेर १० प्रतिशत माथि पुगेको बताउनु भयो । उहाँले इन्टर बैंकिङ ब्याजदर समेत बढेर ५ प्रतिशत नागेको बताउनु भयो । अध्यक्ष गोल्छाले बैंकको सिडी रेसियोको चाप बढ्न थालेको ८ महिना बढी हुँदा बजारमा तरलता समस्या सुधारको संकेत समेत नभएको दाबी गर्नुभयो । उहाँल एकै पटक तरलताको समस्या समाधान गर्न कुनै जादुको छडी नभएको बताउनु भयो । अध्यक्ष गोल्छाले बजारमा तरलताको समस्या आगामी आर्थिक वर्षसम्म पनि कायम रहनसक्ने बताउनुभएको छ ।

उहाँले भन्नुभयो,‘ अहिले ब्लड बाथको स्थिति छ । ट्रेजरी बिलको ब्याज १० प्रतिशत नाघेको छ । इन्टर–बैंक ब्याजदर ५ प्रतिशत नाघेको छ । तरलता सुधार हुने संकेत छैन । व्यापार घाटा १६ खर्ब छ । शोधानान्तर घाटा २० खर्ब नाघेको छ, कुनै जादुको छडी छैन एकैपटक तरलताको समस्या समाधान गर्न, इन्धनको मूल्य एक वर्षमा डबल भएको छ । आगामी आर्थिक वर्षमा पनि यसरी नै बढ्ने संकेत देखिएका छन् । वाह्य क्षेत्रको सन्तुलनको चुनौती कायम नै छ । यसले गर्दा मौद्रिक नीतिको मुख्य रुझानका रुपमा राष्ट्र बैंकलाई छ । कोहीसँग पनि जादुको छडी कोहीसँग पनि हुन सक्दैन । यस्तो ठूलो चुनौतीको समाधान एकैचोटी भएर जान सक्दैन ।’

अध्यक्ष गोल्छाले अर्थतन्त्रमा सबैतिर देखिएका समस्याको भार निजी क्षेत्रलाई परको बताउनु भयो । उहाँले चालु आर्थिक वर्षको शुरुवात अर्थात ८ महिनादेखि बजारमा तरलता अभाव, बैंक ब्याजदर उच्च भएकाले निजी क्षेत्र निराश रहेको बताउनु भयो । अध्यक्ष गोल्छाले सरकारले आयात प्रतिवन्ध गर्ने वस्तुको सूची लामो हुँदा समेत आयात नघटेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले राष्ट्र बैंकले ल्याउन आगामी आर्थिक वर्षको मौद्रिक नीति समग्र उद्योग व्यवसाय र अर्थतन्त्रको अवस्थालाई हेरर मौद्रिक नीति ल्याउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले आगामी मौद्रिक नीतिमा बैंकमा लागू गरिएको सिडि रेसियो परिमार्जन गर्न सुझाव दिनुभयो । अध्यक्ष गोल्छाले रेमिट्यान्सलाई बैंकिङ च्यानलबाट ल्याउन प्रोत्साहन गरिएको १ प्रतिशत थप ब्याज दिने व्यवस्था कार्यान्वयन गर्नुपर्ने बताउनु भयो । उहाँले वैदेशीक रोजगारबाट फर्केर आउने र हालको सहुलियतपूर्ण कर्जा सुविधाको विदेशीमा रहेकै अवस्थामा रेमिट्यान्स पठाउँदा परिवारको सदस्यलाई प्रदान गर्नसक्ने व्यवस्था मौद्रिक नीतिमा गन सुझाव दिनुभयो । उहाँले आयात गर्ने धेरै वस्तुमा प्रतिवन्ध लगाउँदा अवैध व्यापार बढ्दा राज्यलाई राजश्व समेत गुम्न थालेको भन्दै आयात प्रतिबन्ध नीतिलाई सोच्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ आगामी मौद्रिक नीतिमा राष्ट्र बैंकले सिडि रेसियोलाई परिमार्जन गर्नेतर्फ ध्यान दिनुपर्छ । किन भने अहिले पनि सिआरआर कम नै रहेको अवस्थामा थप ध्यान दिनु आवश्यक छ । यसले तरलतामा केही सुधार आउन सक्छ । रेमिट्यान्सलाई बैंकिङ च्यानलबाट ल्याउन प्रोत्साहन गरेकालाई १ प्रतिशत थप ब्याज दिनेकुरा भएको छ । भए नभएर अनुगमन होस् । त्यस्तै स्मार्टकार्डको अवधारणा रहेको छ । त्यसमा पनि मौद्रिक नीतिमा ध्यान दिन जरुरी छ । वैदेशीक रोजगारबाट फर्केर आउने र हालको सहुलियतपूर्ण कर्जा सुविधाको विदेशीमा रहेकै अवस्थामा रेमिट्यान्स पठाउँदा परिवारको सदस्यलाई प्रदान गर्नसक्ने व्यवस्था गर्नुपर्छ । निर्यातमा प्रोत्साहन दिँदा त्यसमा भ्यालु अडिसनलाई पेस गरेर गर्नुपर्छ। आयात प्रतिवन्ध भएका बस्तुहरुको सूची बढ्दै गएको छ । तर यसले व्यापारीक नाकाहरुमा अनाधाकृत आयात शुरु भएको छ । यसबाट सरकारले राजश्व गुमाइरहेको छ । यसबाट विकृति पनि आइरहेको छ । यसको समाधानको लागि केही उपायहरु सोच्नुपर्नेछ ।’

अध्यक्ष गोल्छाले विदेशी लगानी आकर्षित गर्न स्वचालित प्रणाली लागू गरी तत्काल नियमावली बनाउनुपर्ने बताउनु भयो । उहाँले मौद्रिक नीतिमार्फत कन्ट्री रेटिङ गर्न एक्सरसाइज गर्न सुझाव दिनुभयो । अध्यक्ष गोल्छाले नेपाल सरकारले भन्सार प्रयोजनको लागि प्रयोग गरेको आइपीएस प्रणाली भुक्तानी २० लाखको थ्रेसहोल्डमा वृद्धि गरे व्यवसायीलाई राहत पुग्ने बताउनु भयो । उहाँले पहिला व्यवस्था रहेको उत्पादनमुलक उद्योगहरुको लागि आवश्यक कच्चा पदार्थ र मेसिन आयात गर्दा युसेन्स एलसीको सुविधा निरन्तरता हुनुपर्ने बताउनु भयो । उहाँले निजी क्षेत्रले विदेशबाट ऋण ल्याउन प्रोत्साहन गर्ने नीति ल्याउन माग गर्नुभयो । अध्यक्ष गोल्छाले बढ्दो ब्याजदरलाई नियन्त्रण गर्नुपर्ने बताउनु भयो । गोल्छाले वाह्य कारणले समस्या भएकाले मौद्रिक नीतिको ठूलो चुनौती रहेको भन्दै विगतमा प्रभावित क्षेत्रलाई दिएको पुनर्कर्जालाई निरन्तरता दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ नेपाल सरकारले भन्सार प्रयोजनको लागि प्रयोग गरेको आइपीएस प्रणाली भुक्तानी २० लाखको थ्रेसहोल्डलाई पनि वृद्धि गर्नुपर्छ । त्यसले केही राहत पुग्नेछ । पहिला व्यवस्था रहेको उत्पादनमुलक उद्योगहरुको लागि आवश्यक कच्चा पदार्थ र मेसिन आयात गर्दा युसेन्स एलसीको सुविधा रोकिएको थियो । त्यसलाई निरन्तरता दिनु आवश्यक छ । विदेशी लगानी आकर्षित गर्नको लागि बजेटमा उल्लेखित स्वाचालित प्रणाली तुरुन्त कार्यान्वयनमा ल्याएर नियमावली बनाउनु जरुरी छ । देशको रेटिङ आवश्यक रहेको छ । निजी क्षेत्रले विदेशबाट ऋण ल्याउनको लागि कसरी प्रोत्साहन गर्ने नीति ल्याएर तरलतामा राहत दिने हो । बढ्दो बैंकिङ ब्याजदर नियन्त्रण गर्नुपर्छ । एक वर्षमा १०० प्रतिशतले बढेको छ । यसले नेपालको इमेज ग्लोवल रुपमा नराम्रो गएको छ । ’

अध्यक्ष गोल्छाले शेयर धितोकर्जामा गत वर्ष लागू गरिएको ४÷१२ को नीति ले निराशा छाएको भन्दै यसलाई पुनर्विचार गर्नुपर्ने बताउनु भयो । उहाँले डिम्याट खाता खोलेर बसेका लाखौं सार्वसाधारणको ठूलो लगानी शेयरबजारमा डुबेकाले मौद्रिक नीतिमा त्यस्ता समस्या समेट्न माग गर्नुभयो । अध्यक्ष गोल्छाले उद्योगी व्यवसायीहरु उद्योगमा लगानी गर्न निरुत्साहित भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ शेयर धितोकर्जामा गत वर्ष देखि ४÷१२ को नीति धेरै चर्चा भएको छ । ४÷१२ को नीतिले शेयर बजारमा निराशा छाएको छ । यसलाई फेरी पुनःविचार गर्नुपर्छ । अहिले निजी क्षेत्र निराश छ । उद्योगी व्यवसायीहरु पनि उद्योगमा लगानी गर्न निरुत्साहित भएका छन् । यसमा नीति परिमार्जन गर्नुपर्छ । बैंकिङ कर्जाको कागजी प्रक्रियामा एक रुपता हुनुपर्छ । नेपालमा पनि विदेशीले घर किन्नसक्ने व्यवस्थाको तत्काल नियमावली बन्नुपर्छ । पर्यटन उद्योगको लागि अनलाइन गेटवे सिस्टम अहिलेसम्म प्रयोगमा ल्याउन सकेका छैनौं । त्यसको पनि व्यवस्था गर्नुपर्छ । सुन व्यवसायीहरुले सबै बैंकमा खाता खोलेर राख्नु पर्ने बाध्यता रहेको छ । एउटै बैंकबाट खाता खोलेर सुन खरिद गर्नसक्ने व्यवस्था गर्नुपर्छ ।’

अध्यक्ष गोल्छाले उद्योगी व्यवसायीहरुलाई बैंकिङ कर्जाको कागजी प्रक्रियामा एकरुपता हुनुपर्ने माग गर्नुभयो । उहाँले बजेटमार्फत नेपालमा पनि विदेशीले घर किन्नसक्ने व्यवस्था गरेको भन्दै तत्काल नियमावली बनाएर कार्यान्वयन गर्नुपर्ने बताउनु भयो ।