२५ भाद्र २०८३, बिहीबार
,
Latest
जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा कानूनमन्त्री गौतमले राष्ट्रिय सभामा माफी मागिन् मन्त्रिपरिषद् बैठक जारी, बाढी प्रभावित क्षेत्रबारे छलफल हुँदै सरकारको केन्द्र सिंहदरबारबाट बाहिर सरेर ‘ज्वागल’ पुग्यो: अमरेश कुमार सिंह राष्ट्रिय सभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक सर्वसम्मतिले पारित झाँक्रीद्वारा सरकारलाई दलगत दृष्टिकोण त्यागेर विपद्मा समन्वय गर्न आग्रह कोइम्ब्रामा बाढी–पहिरोमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली सभा विपत्तिमा राजनीति होइन, उद्धार र नागरिकको जीवन रक्षा प्राथमिकतामा हुनुपर्छ : खुश्वु ओली हङकङमा ११औँ बीआरआई शिखर सम्मेलन सुरु, ७० देशका ६ हजारभन्दा बढी सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौसमी ज्वरोका बिरामी बढे



अ+ अ-

चितवन । चितवनका अस्पतालमा ज्वरोका बिरामीको सङ्ख्या बढेका छन् । भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामीको सङ्ख्या बढेको हो । मौसम परिवर्तन भएसँगै अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप बढेको हो ।

भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार अहिले अस्पतालमा उपचार गराउन आउनेमध्ये जनरल मेडिसिन विभागमा आउने बिरामीको सङ्ख्या १०० भन्दा बढी छ ।  पहिलेको तुलनामा यो सङ्ख्या बढी हो । लक्षण कारोनासँग मिल्दोजुल्दो भएको तर कोरोना नभई भाइरल ज्वरो रहेको उहाँले जानकारी दिनुभयो ।

भरतपुर अस्पतालको जनरल मेडिसिनमा अहिले दैनिक २०० को हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् । तीमध्ये ६० प्रतिशत ज्वरो र मौसमी रुघाखोकीका बिरामी आउने गरेका उहाँले बताउनुभयो ।

मौसममा परिवर्तन हुने समय र नियमित वर्षाका कारण पानी दूषित हुँदा बिरामीको चाप बढेको भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कालिदास अधिकारीले बताउनुभयो । अहिले ज्वरो र मौसमी रुघाखोकीका बिरामी पहिलेको तुलनामा बढ्दै गएको उहाँको भनाइ छ । गत एक सातायतादेखि बिरामीकोे चाप बढ्दै गएको हो ।

अस्पतालमा आएका बिरामीमध्ये अधिकांश दुई–तीन दिनदेखि उच्च ज्वरो आएका रहेका छन् । यस्तै भाइरल ज्वरोका बिरामी बालबालिकाको सङ्ख्या पनि अहिले उच्च छ । अस्पतालमा आउने बालबालिकामध्ये ७० देखि ८० प्रतिशत भाइरल ज्वरोका बिरामी छन् । बालबालिकामा पनि अहिले उच्च ज्वरो, निमोनिया र रुघाखोकीको समस्या देखिएको अस्पतालले जनाएको छ ।

पाँच वर्षमुनिका बच्चामा ज्वरो र मौसमी रुघाखोकीको समस्या बढी देखिएको अस्पतालका बालरोग विशेषज्ञ डा युवानिधि बशौैलाले जानकारी दिनुभयो । कोभिडका कारण बालबालिकालाई पूर्णखोप लगाउन नपाउँदा यस्तो समस्या देखिएको उहाँको भनाइ छ । अहिलेको समयमा झोलिलो पदार्थ, सागपात, फलफूलजस्ता पोषणयुक्त खानेकुरामा बढी जोड दिन चिकित्सकले सुझाएका छन् ।