५ श्रावण २०८३, मंगलवार
,
Latest
निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पन्ध्र प्रतिशत दलित बालबालिका विद्यालयको पहुँच बाहिर



अ+ अ-

सिमकोट । हुम्लाको सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाका १५ प्रतिशत दलित बालबालिका अझै विद्यालयको पहुँच बाहिर रहेका छन् । गाउँपालिकाको सहयोगमा गरिब तथा उपेक्षित कल्याण कार्यक्रमले हालै सार्वजनिक गरेको तथ्याङ्कमा दलित बालबालिका शिक्षाबाट वञ्चित रहेको पाइएको हो ।

सरकारले विद्यालय जाने उमेर समूहका सबै बालबालिकालाई अनिवार्य विद्यालाय पठाउन विभिन्न कार्यक्रम सञ्चालन गरेको भए पनि सिमकोटका ६९२ बालबालिकामध्ये १५ प्रतिशत ९१०६ जना० विद्यालयको पहुँच बाहिर रहेको पाइएको छ । गरिब तथा उपेक्षित कल्याण कार्यक्रमका अध्यक्ष पर्वत सुनारका अनुसार आठ वडा रहेको सिमकोटमा सबैभन्दा बढी वडा नं ६ मा २७ बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर रहेका छन् ।

तथ्याङ्क अनुसार वडा नं २ मा २६, ७ मा १७, ४ मा १२, ८ मा १०, ५ मा ८ र वडा नं ३ मा ६ बालबालिका विद्यालयको पहुँच बाहिर रहेका छन् । सिमकोट गाउँपालिकाभर बालविकास केन्द्रमा १३६, प्राथमिक तहमा २४८, माध्यमिक तहमा १७२ र प्राविधिक शिक्षातर्फ ३० दलित समुदायका विद्यार्थी अध्ययनरत छन् ।

स्नातकोत्तर उत्तिर्ण गर्ने दलितको सङ्ख्या शून्य

सिमकोटका आठवटै वडामा स्नातकोत्तर तह उत्तिर्ण गर्ने दलितको सङ्ख्या शून्य रहेको छ । एक हजार ७७५ जनसङ्ख्या भएको दलित समुदायबाट कोही पनि स्नातकोत्तर तह अध्ययन गरेका छैनन् । पारिवारिक कारण, कमजोर आर्थिक अवस्थालगायत कारणले दलित समुदायको पहुँच उच्च शिक्षा अध्ययनमा नरहेको पाइएको छ ।

तीन सय ५५ दलित परिवार रहेको सिमकोट गाउँपालिकामा स्नातक तहसम्मको अध्ययन गर्ने तीन जना मात्रै छन् । उनीहरु वडा नं ५, ६ र ७ का एक एक जना रहेका छन् । सिमकोट–८ बाट एसइई उत्तिर्ण ४९ र कक्षा १२ सम्म अध्ययन गर्ने १२ जना मात्रै रहेका छन् ।

“दलित समुदायलाई आर्थिक अवस्थाले निकै सताएको छ, छाक टार्नकै निम्ति बालबालिका बाहेक अन्य घर बाहिर छन्”, गरिब तथा उपेक्षित कल्याण कार्यक्रमका अध्यक्ष सुनारले भन्नुभयो । अभिभावक घरमा नहुँदा बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर रहन बाध्य भएको तथ्याङ्कबाट खुलेको छ । बालबालिका पशु चराउन र भाइबहिनीको हेरचाहमा जुट्नुपर्ने कारणले दलित समुदायका बालबालिका विद्यालय जान सकेका छैनन् ।




भर्खरै