२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आखेटोपहारसहित दुईजना पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले आखेटोपहारसहित दुईजनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले संरक्षित वन्यजन्तु भालुको आखेटोपहार अवैध रुपमा बेचविखन गर्ने अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ का हरिओम रसाइली र रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ का भजिन्द्र दर्जीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले संरक्षित वन्यजन्तुको आखेटोपहार बेचबिखन गरिरहेको अवस्थामा गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । प्रहरीले पक्राउ परेका उनीहरुसँग रहेको आखेटोपहारसमेत बरामद गरेको छ ।

पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तिसार पठाइएको प्रवक्ता महतोले बताउनुभयो ।