२४ जेष्ठ २०८३, आईतवार
,
Latest
दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

दैनिक तीन कप कफि पिउदा स्वास्थ्यका लागि फाइदाजनक



अ+ अ-

काठमाडौं। दैनिक तीन कपसम्म कफि पिउदा त्यसले मुटुको रक्षा गर्ने एक अध्ययनले देखाएको छ । मुटुरोगको निदान भई नसकेका व्यक्तिहरुले दिनमा आधा देखि तीन कपसम्म नियमित कफि पिउने गरेमा नपिउनेहरुको तुलनामा हृदयघात तथा मस्तिस्कघातभई मृत्यु हुने सम्भावना कम रहेको एक अध्ययनले देखाएको छ ।

द युरोपियन सोसाइटी अफ कार्डियोलोजीको वार्षिक बैठकको अवसर पारी शुक्रवार प्रस्तुत गरिएको यो अध्ययनमा कफि पिउने गरेका ४ लाख ६८ हजार बढी सहभागी भएको उल्लेख छ ।

उक्त अध्ययनले मध्यम मात्रामा कफि पिउदाँ बयस्कहरुलाई टाइप २ मधुमेह, पार्किन्सस रोग, कलेजोको रोग, प्रोस्टेट क्यान्सर, अल्जाइमर, तथा ढाड दुख्ने सम्मस्या समेत कम हुने देखाएको छ ।

गत अप्रिलमै प्रकाशित तीनवटा अध्ययनले पनि दिनमा एक वा सो भन्दा बढी सादा र क्याफिन युक्त कफि पिउनाले लामो समयसम्म हृदयघातको सम्भावनाबाट जोगाउँछ ।

अध्ययनले दिनमा दुई वा त्यो भन्दा बढी कप कालो कफि पिउदा हार्ट फेल हुने सम्भावना ३० प्रतिशतले घटेको देखाएको छ ।

युनिभर्सिटी अफ कोलोराडो स्कुल अफ मेडिसिनका बरिष्ठ डाक्टर डेभिड काउ भन्छन्, ‘कफि र हार्ट फेलियरको सम्वन्ध साच्चिकै आश्चर्य जनक छ ।’

उनी भन्छन्, ‘सामान्य मान्छेले कफी र क्याफिनको प्रयोग स्वास्थ्सयको लागि हानिकारक भन्ने ठान्छन्, किनकी उनीहरुले त्यसको प्रयोगले मुटुको धडकन र उच्च रक्तचापको समस्या पैदा गर्छ भनेर तर नियमित रुपमा कफि प्रयोग गर्दा त्यसले हार्टफेल हुने सम्भावनालाई घटाउँदै लैजान्छ ।’

(एजेन्सीको सहयोगमा)