४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

‘अघिल्लो सरकारले ल्याएको विदेशी लगानीले नै अहिलेको सरकार चलिरहेको छ’

‘अघिल्लो सरकारले ल्याएको विदेशी लगानीले नै अहिलेको सरकार चलिरहेको छ’
अ+ अ-

काठमाडौं । पछिल्लो समय मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको चर्चा बजारमा छ । अर्थतन्त्रका समग्र सूचकले पनि अर्थतन्त्र संकटोन्मुख हुँदै गएको देखाइरहेको छ । चालु आर्थिक वर्षको शुरुवातसँगै बजारमा आएको तरलता अभावको समस्या बढ्दै गएको छ । विदेशी मुद्रा सञ्चिति साढे ६ महिनाको वस्तु आयात धान्नसक्ने मात्रै छ । आगामी आर्थिक वर्षमा सरकारले ८ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ ।

अर्थविद्हरुले सरकारले मुलुकभित्र नै उत्पादनमा वृद्धि गर्न नसके अर्थतन्त्रमा थप चुनौती थपिँदै जाने बताउँदै आएका छन् । सरकारले आयात नियन्त्रण गर्न नसके नेपाल पनि श्रीलंकाको पदचापमा जानसक्ने चेतावनी अर्थविद्हरुले दिइरहेका छन् । अर्थविद्हरुले अर्थतन्त्रमा थप चुनौतीहरु बढ्दै जाने भनिरहेको अवस्थामा पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले पनि चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रमा थप जटिलताहरु थपिँदै गएको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा मदन भण्डारी बौद्धिक मञ्चद्वारा आयोजित संकटोन्मुख अर्थतन्त्र र आगामी आर्थिक वर्ष ०७९÷०८०को बजेट विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री खतिवडाले यस्तो बताउनु भयो । उहाँले निर्माण सामग्री,पेट्रोलियम पदार्थ, बैंकको ब्याजदर,यातायात ढुवानी भाडासमेत बढ्दै गएकाले अर्थतन्त्रमा चुनौतीहरु थपिँदै जाने बताउनु भयो । पूर्व अर्थमन्त्री खतिवडाले सरकारले आगामी आर्थिक वर्षमा आयात प्रतिस्थापन गरेर निर्यातलाई दोब्बर गर्ने नीति ल्याएको भने पनि सम्भव नभएको दाबी गर्नुभयो । उहाँले हरेक चिजको मूल्यवृद्धि हुँदै गएकाले हाम्रो कुनैपनि उत्पादनमा प्रतिष्पर्धा नहुने भएकाले निर्यात दोब्बर हुन नसक्ने बताउनु भयो । उहाँले भन्नुभयो,‘ अर्थतन्त्रमा जटिलता थपिँदै छ ।

जसमा निर्माण क्षेत्रमा २७ प्रतिशतले निर्माण सामग्रीको मूल्य बढेको छ । पेट्रोलिय पदार्थको साढे ७० प्रतिशतले बढी सकेको छ । निर्माण सामग्रीको मूल्य यसरी बढी रहँदा निर्माण सामग्रीको मूल्य नबढ्ने गरी गरिएको व्यवस्था भनिरहँदा झन मूल्य किन बढ्छ । २७ प्रतिशतले निर्माण सामग्रीको मूल्य बढ्ने बैंकको ब्याजदर बढ्ने,यातायात ढुवानी बढ्ने अनि हाम्रो उत्पादन कस्तो होला ? अर्को वर्ष हाम्रा कतिपय उत्पादन प्रतिष्पर्धी नै हुँदैनन् । निर्यात दोब्बर कहाँबाट हुन्छ । हामी कुन नयाँ चिज निर्यात गर्दैछौं र निर्यात दोब्बर गर्छौं भनेर हुन्छ ।’

पूर्वअर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिदर ८ प्रतिशत हुन नसक्ने दाबी गर्नुभयो । उहाँले आगामी आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धि हुदाँ धेरै आयात गर्नुपर्ने बताउनु भयो । डा.खतिवडाले वर्तमान सरकारले पाँच वर्षमा मुलुकको व्यापार सन्तुलन ल्याए सबैले सम्मान गर्र्ने बताउनु भयो । उहाँले आर्थिक वृद्धिदर ५ प्रतिशत माथि जाने बित्तिकै व्यापार घाटामा दबाब पर्ने अवस्था रहेको बताउनु भयो । उहाँले भन्नुभयो,‘३ खर्ब बढी शोधानान्तर घाटा हुने सरकारले ८ प्रतिशतको आर्थिक वृद्धिदर अर्को वर्ष गदैछ । यदि ८ प्रतिशतको आर्थिक वृद्धि पुग्ने अवस्था आयो भने वाह्य क्षेत्र असन्तुलन अहिलेको भन्दा दोब्बर खराब हुँदै जान्छ । यो कुरो सरकारले हेक्का राखे हुन्छ ।’

डा. खतिवडाले आर्थिक वृद्धि गरेर मुलुकले निर्यात गर्न नसके शोधानान्तर घाटा बढ्ने र शोधानान्तर घाटा हुँदा पुनःअर्थतन्त्र भयावह हुने भन्दै सरकार अहिले त्यही बिन्दुमा रहेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो,‘होइन भने आर्थिक वृद्धिदर ५ प्रतिशत जान थाल्दा हामीले यति धेरै आयात गर्नुपर्छ । मेसिन,औद्योगिक कच्चा पदार्थ,निर्माण सामग्री आयात गर्नुपर्छ । हामीले ५ प्रतिशत भन्दा माथिको आर्थिक वृद्धिका कुरा गर्ने बित्तिकै व्यापार घाटामा बढी दबाब पर्छ । आर्थिक वृद्धिले निर्यात बढाउन सकेन भने फेरि शोधानान्तर घाटा हुन्छ । शोधानान्तर घाटा भएपछि फेरि अर्थतन्त्र भयावह हुन्छ । सरकार अहिले यही बिन्दुमा छ ।’

उहाँले आगामी आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धि पुग्ने अवस्था आयो भने वाह्य क्षेत्र असन्तुलन अहिलेको भन्दा दोब्बर खराब हुँदै जाने भन्दै सरकारले यो कुरामा हेक्का राख्नुपर्ने बताउनु भयो । उहाँले वर्तमान सरकारले भनेको जस्तै पाँच वर्षमा व्यापार सन्तुलन भयोभने उहाँहरुलाई सम्मान गर्ने बताउनु भयो । डा.खतिवडाले मुलुकको व्यापार सुन्तुलन हुनको लागि आर्थिक वृद्धिदर २ प्रतिशतमा सिमित हुनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो,‘ पाँच वर्षमा व्यापार सन्तुलन गर्नुभयो भने उहाँहरुलाई सम्मान गर्नुपर्छ । व्यापार सुन्तुलन हुन्छ,तर आर्थिक वृद्धिदर २ प्रतिशतमा सिमित रहनुपर्छ ।’ पूर्वमन्त्री खतिवडाले सरकारलाई आर्थिक स्थायीत्व कायम गर्ने, उच्च आर्थिक वृद्धि गरिहाल्ने र कि त अर्थतन्त्र समाप्त पार्ने तीन वटा मात्रै च्वाइस रहेको बताउनु भयो ।

उहाँले अर्थतन्त्र संकटोन्मुख भएकाले सरकार सम्यम हुनुपर्ने बताउनु भयो । पूर्व अर्थमन्त्री खतिवडाले सरकारले बजेट मार्फत आर्थिक वृद्धिलाई ठिक्कको तहमा अनुमान गरेर मूल्यवृद्धि पनि तल राखेर वित्तीय स्थायीत्व कायम गर्दै वाह्य क्षेत्रको स्थिरता कायम गरी निजी लगानीको वातावरणलाई सहज बनाउने त्यो लगानी निर्यात मुलक क्षेत्रमा लगाएर वाह्य क्षेत्र सन्तुलन हासिल गदै जानेतर्फ जानु पर्नेमा उल्टो बाटोमा गएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘ अहिले च्वाइस छ कि त आर्थिक स्थायीत्व कायम गर्ने कि उच्च आर्थिक वृद्धि गरिहाल्ने त्यसपछि समाप्त पारिदिने ? अहिले सरकारले सम्यम अपनाउने बेला छ । आर्थिक वृद्धिलाई ठिक्कको तहमा अनुमान गरेर मूल्यवृद्धि पनि तल गरेर वित्तीय स्थायीत्व कायम गर्दै वाह्य क्षेत्रको स्थिरता कायम गरेर निजी लगानीको वातावरणलाई सहज बनाउने त्यो लगानी निर्यात मुलक क्षेत्रमा लगाएर वाह्य क्षेत्र सन्तुलन हासिल गर्दैजाने यस तर्फ बजेट जानुपर्ने थियो । तर त्यो बाटो सरकार गएन । नीतिगत भ्रष्टाचारतिर गयो ।’

पूर्वअर्थमन्त्री खतिवडाले कालोबजारी र पुँजी पलायनमा पैसा हराएर बैंकहरुमा नफर्किएकाले बजारमा तरलता अभावको समस्या भएको बताउनु भयो । उहाँले मुलुकमा ११० प्रतिशतसम्म कर्जा बिस्तार भएर मात्रै बजार तरलता अभाव नभएको बताउनु भयो । पूर्वमन्त्री खतिवडाले तरलता समस्या विषयमा अर्थमन्त्रालय,राष्ट्र बैंक,राजश्व अनुसन्धान र गृहमन्त्रालयले अध्ययन गर्नुपर्ने बताउनु भयो । उहाँले सरकारले विदेशी मुद्रा लगानीको लागि १ प्रतिशतको प्रिमियम र अनुदान दिने कुरा गरेर लगानी नआउने बताउनु भयो । उहाँले हुण्डी मार्फत डलर बाहिर गएकाले त्यसलाई सरकारले रोक्नुपर्ने बताउनु भयो । अहिले अनुदानको संरचनामा नै परिर्वतन आएको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ हाम्रो कर्जा ११० प्रतिशत पुग्दा पनि बजारमा पैसा नपुगेको होर , पैसा जाने हराउने भन्दा समानान्तर अर्थतन्त्रमा कालोबजारीमा,पुँजी पलायनमा त्यो पैसा हराएर बैंकहरुमा फर्किएन । बैंकमा पैसा नर्फकिने कुराले गर्दा बजारमा तरलता अभावको समस्या भएको हो। यो विषयमा अर्थ मन्त्रालय,राष्ट्र बैंक,राजश्व अनुसन्धान र गृह मन्त्रालयले गर्नुपर्छ । हुण्डीका व्यापारीको नाम लिष्ट बनाएर छापा मानुस् त हुण्डी कारोबार रोकिन्छ । मैले गरेर देखाएको थिए । ठमेलमा ५÷६ रुपैयाँमा डलर बेच्न पाउनुुहुन्छ वा अमेरिकामा १० रुपैयाँको प्रिमियमा डलरको भुक्तानी नेपालमा कसैले पाउने गरी,अनि सरकार १ रुपैयाँमा एक्सचेन्ज रेटमा प्रिमियम दिउँला,१ प्रतिशत ब्याजबढी दिउँला, विदशबाट पैसा ल्याउनुुस् लगानी गर्नुस्,शेयरमा लगानी गर्ने कोटा दिउँला भनेर मान्छन्। त्यो अनुदान संरचना नै फरक छ अहिले । हामी अब यस्ता तपशिलको विषयमा होइन । व्यापारका विसङगति,पुँजीपलायनका विसङ्गती र अनौपचारिक कारोबारका विसङ्गति अनि मात्रै हुण्डी हड्छ । सरकार यसरी चलेको छैन ।’

त्यस्तै पूर्वअर्थमन्त्री खतिवडाले रसुवागढी नाकाबाट हुने अनाधाकृत व्यापार रोक्नेसके मात्रै पनि वर्षमा ३ खर्बको हुण्डी कारोबार रोकिने बताउनु भयो । उहाँले अहिलेको सरकारले हुण्डी लगायत अनाधाकृत कारोबारलाई प्रोत्साहन दिएको बताउनु भयो । उहाँले भन्नुभयो,‘ लेखा परीक्षणको सन्दर्भमा साउनदेखि नै सरकारले बजेट छुट्याउँदै छ अरे,मैले कतै सुने महालेखापरीक्षक ज्युले सिडियो र न्यायाधीशसँग पनि घुस माग्नसक्ने बहादुर रहेछन्। लेखापरीक्षक पनि भन्नुभयो अरे । त्यस्तो बहादुर गर्न हामीले सकेनौं । त्यस्तो काम अहिलेकै सरकारले सक्ने हो ।

उहाँहरुले त्यस्ता बहादुरी धेरै गर्नुहुन्छ । बाहिरको मान्छे ल्याएर राजश्वका दरहरु राख्ने,बाहिर छलफल गरेर भित्र अंकहरु राख्ने त्यस्तो बहादुरी अघिल्लो सरकारले गर्न सकेन । बजेट अनुशासन, वित्तीय अनुशासन र हुण्डी विषयहरु छन् । हुण्डी ३ वर्ष किन नामेन्टमा आयो भन्दा पहिलो कुरा व्यापारमा हुने विचलन,व्यापारमा हुने अनाधाकृत कारोबार खासगरी रसुवागढी नाकाबाट हुने व्यापारमा मात्रै नियन्त्रण गर्न सकेको भए, गर्न सक्ने हो भने वर्षमा ३ खर्ब जति रुपैयाँको अवैध डलरको कारोबार त्यहीबाट रोकिन्छ ।’

पूर्वमन्त्री खतिवडाले अघिल्लो सरकारले ल्याएको विदेशी लगानीले नै अहिलेको सरकार चलिरहेको दाबी गर्नुभयो । उहाँले अघिल्लो सरकारले मुलुकमा विदेशी लगानी आवश्यक छ र विदशी लगानी भित्र्याउने राष्ट्रहीत र विकासमा लगाउने योजना बनाएकाले विदशी मुलुकले पनि योजना भन्दा ब्लाङ चेकमा लगानी गरेको बताउनु भयो । पूर्वमन्त्री खतिवडाले आफूलाई अहिलेको खराब अर्थतन्त्र बनाउने सूत्रधार भन्नेहरुले आफू अघिल्लो सरकार रहदाँ सम्मको अर्थतन्त्रका सूचक हेर्न आग्रह गर्नू भयो ।

उहाँले भन्नुभयो,‘ अघिल्लो सरकारले मुलुकमा विदेशी लगानी आवश्यक छ र विदशी लगानी भित्र्याउने राष्ट्र हीत र विकासमा लगाउने योजना बनाएको थियो । त्यो बेला पुँजीवादीहरुले कम्युनिष्टहरुले लगानी ल्याउन सक्दैनन् भनेका थिए तर लगानी ल्याउन सफल भएको थियो । सरकारले आर्थिक गतिविधिलाई सुधार गराउने,विगतका कमिकजोरीलाई सच्याउने कुरा गर्दा अघिल्लो सरकारसँग विश्वास बढेको थियो । विश्वास बढेको कारण अन्तर्राष्ट्रिय समुदायले थप सहयोग दियो । थप सयोग पनि आयोजना बनाएर नभई ब्लाङ चेक, बजेट सर्पोट गरेर सरकारले राम्रो काम गर बजेट हामी दिन्छौं । जहाँ खर्च गर्छौ गर त्यो एक खर्ब भन्दा बढीको ब्लाङ चेक लगानीकर्ताले दिएर विश्वास गरेका थिए । त्यसैको आधारबाट अहिलको सरकार चलिरहेको छ । मलाई अहिलेको खराब अर्थतन्त्रको सूत्रधार भनिएको छ।’

उहाँले अघिल्लो सरकारलाई अन्तराष्ट्रिय समुदायले समेत विश्वास गरेर १ खर्बसम्मको बिना योजना लगानी दिएको बताउनु भयो ।