१० असार २०८३, बुधबार
,
Latest
रास्वपा महाधिवेशन प्रतिनिधिको आरोप–स्वर्णिम वाग्लेको अर्थ–राजनीतिक प्रश्ताव संघीय शासन प्रणालीमाथि आक्रमण गर्नेगरी आयो, पर्याप्त छलफल… रास्वापाको महाधिवेशन निर्वाचन तालिका संशोधन ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसिसी नेपालको हितमा छ: वरिष्ठ नेता पौडेल



अ+ अ-

तनहुँ  ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी पास राष्ट्रघाती हुन नसक्ने बताउनुभएको छ । शालिक तथा पार्क निर्माण समितिको आयोजना तथा नेकां सहिद विक्रम परियारको अर्धकदको शालिक आज अनावरण गर्दै नेता पौडेलले सो कुरा बताउनुभएको हो ।

एमसिसी सम्झौतामा हस्ताक्षर गरेर कम्युनिष्ट घटक अहिले आएर पन्छिने गरेको उहाँले आरोप लगाउनुभयो । गरिबीपनले हिंसा र आतङ्कजस्ता गतिविधि हुँदै गएको उल्लेख गर्दै नेता पौडेलले नेपालमा विद्युतीय क्षमता बढाएर आर्थिक पक्षमा सबल भई गरिबी हटाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । लोकतन्त्र र प्रजातन्त्रको रक्षाका लागि स्व परियारले महत्वपूर्ण योगदान पु¥याएको चर्चा गर्दै उहाँले पार्टीले सहिदका रूपमा सम्मान गरेको बताउनुभयो । 

पार्टीका केन्द्रीय सदस्य शङ्कर भण्डारीले कांग्रेसले सहिदको सम्मान गर्दै समृद्ध नेपाल निर्माणका लागि लाग्नुपर्ने बताउनुभयो । कलाकारिता क्षेत्रमा नक्षेत्रका रूपमा उदाएका स्व परियारको बाँकी सपना पूरा गर्न र सहिद पार्क निर्माण गर्न पार्टीले पहलकदमी थाल्नुपर्नेमा जोड दिनुभएको थियो । अर्का केन्द्रीय सदस्य गोविन्द भट्टराईले कम्युनिष्ट घटकहरूले एमसिसी माग गरेर मुहर्त रूप दिने अवस्थामा भागेको आरोप लगाउनुभयो । अमेरिकाले सित्तैमा दिएको अनुदानमा बार्गेनिङ गर्नुका साथै चुनावको मुद्दा बनाएर आर्थिक सङ्कटमा धकेल्ने षड्यन्त्र भएको बताउनुभयो ।

गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्माले स्व सहिद परियारको परिवार र नेकांबीच पारिवारिक साथ कायम गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । व्यासनगरपालिकाको रु ११ लाख एक हजार २५० को लागतमा स्व परियारको अर्धकदको शालिक निर्माण गरिएको हो । रासस