२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा बन्यो अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियनको पूर्ण सदस्य



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी डेमोक्रेटिक पार्टीहरुको अन्तर्राष्ट्रिय एलाइन्सको अग्रणी संस्था अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियन (आइडियु) को पूर्ण सदस्य बनेको छ ।

विश्वभरिका विभिन्न ८४ देशका विभिन्न राजनीतिक दलले आइडियुको पूर्ण सदस्यता प्राप्त गरेका छन् भने ६५ देशका विभिन्न राजनीतिक दलहरू आमन्त्रित रहेका छन् ।

यसअघि नेपालबाट आइडियु फोरमको बैठकमा आमन्त्रितको रुपमा सहभागी हुँदै आइरहेको राप्रपाले झन्डै डेढ दशक पछि आइडियु को पुर्ण सदस्यता प्राप्त गरेको हो ।

जर्मनको बर्लिन शहरमा जुन २६ देखि २९ गतेसम्म चलेको आइडियु को फोरम बैठकमा राप्रपाले सदस्यता प्राप्त गरेको सो पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

राप्रपाको तर्फबाट फोरमको बैठकमा सहभागी पार्टीका उपाध्यक्ष एवं सचिवालय प्रमुख हेमजङ गुरुङले आइडियुका अध्यक्ष, क्यानडाका पूर्व प्रधानमन्त्री स्टेफेन हार्परबाट आइडियुको पुर्ण सदस्यताको प्रमाण पत्र ग्रहण गर्नुभयो ।

बर्लिनमै भएको अन्तर्राष्ट्रिय डेमोक्रेटिक युवा युनियनको बैठकमा राप्रपाका केन्द्रीय सदस्य तथा आइवाइडियुका उपाध्यक्ष हिकमत जङ्ग कार्की सहभागि भएका छन् ।

आइडियु फोरम बैठकका क्रममा युरोप पुग्नुभएका उपाध्यक्ष गुरुङ जर्मनी, नेदरल्यान्डस्, अष्ट्रिया, बेल्जियम र स्विटजरल्याण्डमा हुने पार्टी निकट प्रवासी नेपाली एकता समाजको विभिन्न कार्यक्रममा सहभागी हुनुहुनेछ ।