• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   खेलकुद ऐन संशोधन गरिँदै, विद्यमान ऐन नै हुन सकेको छैन पालना ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   आगलागीमा करोडौँको क्षति ★   एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गराउनुपर्छ: अध्यक्ष ओली ★   छात्राको शरिरबाट गोलि निकालियो, कस्तो छ अहिले अवस्था ? ★   पर्यटन,आइटी,जलविद्युत, सिमेन्ट उद्योग र कृषि क्षेत्रलाई प्रवद्र्धन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन ★   आगामी बजेटमा युवा विदेश पलायन हुनबाट रोक्ने कार्यक्रम ल्याउन सांसदहरुको माग ★   नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास ★   ग्लोबल आइएमई बैंकको कान्तिपथ शाखाद्वारा आयोजित वित्तीय तथा डिजिटल बैंकिङ्ग सम्बन्धि साक्षरता कार्यक्रम सम्पन्न ★   विपद् व्यवस्थापनका लागि तीन तहकै सरकार जिम्मेवार हुनुपर्नेमा सांसदहरुको जोड

किसान समूहलाई ट्याक्टर हस्तान्तरण



तनहुँ । जिल्लाको बन्दीपुर गाउँपालिका–१ स्थित हरियाली किसान समूहलाई ट्याक्टर हस्तान्तरण गरिएको छ ।

प्रदेश सरकारको कृषि मन्त्रालयको ७५ र समूहको २५ प्रतिशत अनुदामा उक्त ट्याक्टर अनुदानमा प्रदान गरेको हो । गण्डकी प्रदेशका कृषिमन्त्री चन्द्रबहादुर बुढाले एक कार्यक्रमकाबीच आज ट्याक्टर हस्तान्तरण गर्नुभएको हो ।
बाँझो जमिन नराखी जग्गालाई चक्लाबन्दी गरी व्यवस्थित तरिकाले कृषि खेती गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

पराम्परागत शैलीबाट माथि उठेर व्यावसायिक रुपमा कृषि क्षेत्रलाई अघि बढाउन सकिए खाद्यान्न, तरकारी र फलफूलमा आत्मनिर्भर बन्न सकिने उहाँले बताउनुभयो ।

प्रदेश सरकारमा कृषि मन्त्रालयबाट रु चौबिस लाखको लागतमा उक्त ट्याक्टर प्रदान गरिएको गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो ।

उहाँले पहाडी भागमा सुन्तला कागती खेती गरी गाउँपालिका र गण्डकी प्रदेश सरकारको सहयोगमा पाखाटारमा लिफ्िटङमार्फत सिँचाइको व्यवस्था गर्न सकेको मात्रै कृषि क्षेत्रमा फड्को मार्न सक्ने बताउनुभयो । उक्त समूहमा एक सय बढी सदस्य आवद्ध रहेको समूहकी अध्यक्ष अन्जु श्रेष्ठले जानकारी दिनुभयो ।

प्राप्त भएको ट्याक्टरले सस्तो भाडा दरमा जमिन जोत्न प्रयोग गरिने उहाँले बताउनुभयो । बाँझो जमिन नराखी जग्गालाई चक्लाबन्दी गरी व्यवस्थित तरिकाले कृषि खेती गर्नका लागि सहज हुने बताइएको छ । छोटो समयमा धेरै क्षेत्रफल जोत्न र खेती गर्न सकिने हुँदा ट्याक्टर प्रभावकारी देखिएकोले समूहलाई प्रदान गरिएको वडाध्यक्ष शिवकुमार श्रेष्ठले बताउनुभयो ।

उक्त वडामा करिब ३०० रोपनी क्षेत्रफलमा जमिन चक्लाबन्दी गरिएको छ भने वडा नं ३ मा झण्डै एक हजार रोपनी चक्लाबन्दी गरिएको बन्दीपुर गाउँपालिका कार्यालयले जनाएको छ । साना गह्रालाई मासेर ठूला गह्रा बनाउँदा खेती गर्न सजिलो हुने भएकोले चक्लाबन्दी कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।