• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा मिर्गौला प्रत्यारोपण



भक्तपुर । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा गरिएको मिर्गौला प्रत्यारोपण सफल भएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा पहिलो पटक उपत्यका बाहिर सो अस्पतालमा हालै मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

उक्त अस्पतालमा ५१ वर्षीय यमकुमारी पौडेललाई उहाँकै श्रीमान् ५३ वर्षीय केशव पौडेलले मिर्गौला दान गरेपछि भएको अङ्ग प्रत्यारोपण सफल भई बिरामी घर पठाइएको केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

केन्द्रका शल्यचिकित्सक प्राडा राकेशकुमार बर्मा, डा दिपेश श्रेष्ठ, डा रोजन अधिकारी, एनेस्थेसियोलोजिष्ट डा आरती राई, डा सोभित थापा, नेफ्रोलोजिष्ट डा कल्पनाकुमारी श्रेष्ठ र डा लुसन सिं, रेडियोलोजिष्ट डा कृष्ण बुढाथोकी र पश्चिमाञ्चल क्षेत्रीय अस्पतलाका चिकित्सक एवं प्राविधिक टोली मिर्गौला प्रत्यारोपण सम्लग्न हुनुहुन्थ्यो ।