२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङमा २० प्रतिशत रोपाइँ



अ+ अ-

गलकोट । बागलुङमा मध्य असारसम्म जम्मा २० प्रतिशत मात्रै धान रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यसवर्ष मनसुन छिट्टै सक्रिय भएका कारण छिटो रोपाइँ सुरु भएकाले बागलुङमा २० प्रतिशत मात्रै धान रोपाइँ भएको जनाएको छ ।

किसानले पानी परेपछि अहिले धमाधम धान रोपाइँ गरेका कारण असार मसान्तसम्म ६० प्रतिशत रोपाइँ सकिने ज्ञान केन्द्रले जनाएको छ । अहिले किसान धमाधम धान रोपाइँमा व्यस्त रहेका छन् । कृषि ज्ञान केन्द्रका प्रमुख भनुभक्त भट्टराईका अनुसार गलकोट लगायतका क्षेत्रमा असार अघि नै धान रोप्ने गरे पनि मकै लगाएको अधिकांश क्षेत्रमा ढिलो रोपाइँ गर्ने गरिएको बताउनुभयो ।

“धानखेतीका लागि राम्रो जग्गा मानिने गलकोट आसपासमा अधिकांश रेपाइँ सकिएको छ, तर चैते धान हुने बागलुङ नगर क्षेत्र र मकै उत्पादन हुने जैमिनी आसपासको क्षेत्रमा धान रोप्न बाँकी रहेको छ, बागलुङमा ढिलो नै रोपाइँ हुन्छ, अहिले धमाधम रोपाइँ चलिरहेको छ, किसानले मल अभावमै खेत रोपाइँ सुरु गरेका हुन्”, उहाँले भन्नुभयो ।

बागलुङमा मुख्य बालीका रुपमा रहेको धान खेती छ हजार १२२ हेक्टर जमिनमा हुने गरेको छ । त्यसमध्ये मध्य असारसम्म एक हजार २०० हेक्टर जमिनमा धान रोपाइँ सम्पन्न भएको छ । जिल्लाको तल्लो भागमा दुई पटक धानखेती हुन्छ । किसानलाई अहिले चैते धान भित्र्याउनसमेत चटारो छ ।

जिल्लाका अधिकांश धानखेती हुने स्थानमा सिँचाइको व्यवस्था छैन । सिँचाइ नपुगेको स्थानमा किसानले मूलफुटेपछि मात्रै रोपाइँ गर्ने गरेका छन् । जिल्लामा विशेष गरी स्थानीय जातसँगै खुमल ४, जेठो बुढो, लुम्ले २, गुडुरो र झिनुवालगायतका धान खेती हुँदै आएको छ । बागलुङको बलेवास्थित दम्का फाँट, गलकोट, रेश, मूलपानी, सिगाना र जैमिनी लगायतका क्षेत्रमा बढी मात्र धानखेती हुँदै आएको छ ।