४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरमा ट्राफिकबाट कुटिए चिकित्सक



अ+ अ-

काठमाडौं । ललितपुरमा चिकित्सकमाथि ट्राफिकले निर्घात कुटपिट गरेका छन् ।

आइतबार बेलुकी ललितपुरको कुसुन्तीमा ड्युटीमा खटिएका ट्राफिकले डा. कुलबहादुर घिसिङमाथि कुटपिट गरेका हुन् ।

घिसिङको मुखमा गम्भीर चोट लागेको छ र उनको ललितपुरस्थित अल्का अस्पतालमा उपचार भइरहेको पीडितका आफन्तले जनाएका छन् ।

ट्राफिक प्रहरी सातदोबाटोका अनुसार ट्राफिक राजेन्द्र थापाले कुटपिट गरेको र उनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ । डा. घिसिङ आरोग्य स्वास्थ्य प्रतिष्ठानमा कार्यरत छन् ।

फुटपाथबाट पैदलयात्रा गरिरहेको अवस्थामा कुटपिट भएको भन्दै कुटपीट गर्ने थापालाई कारबाही र आफ्नो उपचार खर्चको व्यवस्था मिलाउन उनले माग गरेका छन् ।