२४ चैत्र २०८१, आईतवार
April 6, 2025 Sunday

26.27°C

काठमाडौं

26.27°C

Kathmandu

Feels-like: 26.27

Wind: 2.06

Humidity: 24

Latest
प्रधानमन्त्रीद्वारा रामनवमीको शुभकामना देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवर्द्धनमा तीन तहकै सरकरले ध्यान दिनुपर्छः राष्ट्रपति देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवर्द्धनमा तीन तहकै सरकरले ध्यान दिनुपर्छः राष्ट्रपति रवि पक्राउपछि सांसद सोविताको टिप्पणी: राज्यका संयन्त्रले कानुन पालना नगरे लोकतन्त्रको देहावसान चौतर्फी दबाबमा सरकार, तातिँदै सडक राष्ट्रपतिद्वारा सेतो मच्छेन्द्रनाथको दर्शन अर्घाखाँचीमा जिप दुर्घटना, २ जनाको मृत्यु, २ घाइते कोसेरा खोलामा पुल निर्माण साझेदारी वन कार्यान्वयनपछि स्थानीयलाई रोजगारी विद्युतीकरणपछि चन्द्रनगरका किसान मकैखेतीतर्फ आकर्षित
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिविर नम्बर ४ मा अत्यधिक प्रदुषण: सगरमाथा आरोही डाक्टर भुसाल



अ+ अ-

काठमाडौं। सगरमाथा आरोही डाक्टर प्रीति भुसालले सगरमाथामा प्रदुषण बढ्दै गएकाले समस्या समाधानका लागि सरोकारवालाको ध्यानाकर्षण गराएकी छिन् । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी डाक्टर भुसालले शिविर नम्बर ४ मा प्रदुषण अत्यधिक बढेकाले तत्काल सफाइ आवश्यक भएको बताएकी हुन् ।

१, २, ३ नम्बर शिविर भने तुलनात्मक रूपमा सफा रहेको उनले बताइन् । नेपालको पहिलो महिला चिकित्सकको रूपमा डाक्टर भुसालले वैशाख २९ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकीे थिइन् । कोभिड—१९ को लडाई विरुद्ध अग्रपङ्तिमा रहने चिकित्सक, फर्मासिष्ट, नर्स, अस्पताल प्रशासनका कर्मचारी, एम्बुलेन्स चालक, सामाजिक कार्यकर्ताहरू लगायतको योगदानको उच्च सम्मान गर्न आफुले सगरमाथा आरोहण गरेको उनको भनाइ थियो ।

त्यस्तै प्रकृतिमा जलवायु परिवर्तनको असर कम गर्नुको विकल्प नरहेको सन्देश दिनु आफ्नो आरोहणको दोस्रोे लक्ष्य रहेको उनले बताइन् । ‘हिमालय क्षेत्रमा बढ्दो प्रदुषण रोकौं भन्ने सन्देश विश्वभर छर्नका लागि एक जिम्मेवारी पर्वतारोहीको रूपमा समेत मैले सगरमाथा आरोहण गरेको हुँ’ उनले पत्रकार सम्मेलनमा बताइन् । बाल्यकालदेखि नै डाँडाकाँडा उक्लने, पौडी खेल्ने लगायतमा संलग्न भएकाले र पछिल्लो पटक फ्रान्स, स्विजरल्याण्ड लगायतका देशमा सुन्दर हिमालहरू देखेपछि आफ्नै देशका हिमालहरू चढ्ने प्रण गरेको उनले बताइन् ।

सगरमाथा आरोहणको क्रममा डाक्टर भुसालको साथमा व्यक्तिगत पथप्रदर्शक (गाइड) को रुपमा फुर्बा थिलो शेर्पा र पासाङ गेलु शेर्पा रहेका थिए । उनको आरोहण अभियानको नेतृत्व चर्चित पर्वतारोही पेम्बा दोर्जी शेर्पाले गरेका थिए । अलग प्रसङ्मा उनले डाक्टरी पेशा र हिमाल अरोहणलाई अब सँगसँगै मिलाएर लैजाने योजना बनाएको बताइन् । हाल धापासी स्थित ग्रयाण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत डाक्टर भुसालको उच्च उचाई तथा खेल चिकित्सक भएर बिरामीहरूको सेवा गर्ने लक्ष्य रहेको छ ।

सन् २०२२ को सेप्टेम्बर, अक्टोबर मनास्लु हिमाल र अमादब्लम शिखर चढ्ने योजना बनाएको उनले बताइन् । सगरमाथा चढिसकेको आरोहीले त्यो भन्दा साना शिखर चढ्ने लक्ष्य किन राख्नु भयो भन्ने पत्रकारको जिज्ञासामा उनले भनिन्, ‘८ हजार मिटर भन्दा अग्ला मनास्लु जस्ता हिमाल सबै आरोहीका लागि सधै चुनौति हुन्, साथै ६ हजार मिटर अग्लो अमादब्लम प्राविधिक शिखर भएकाले मैले यी हिमाल चढ्ने लक्ष्य लिएकी हुँ ।’ आफूले नियमित रूपमा शिखरहरू आरोहण गरेको खण्डमा आधार शिविरमा स्वास्थ्य शिविर संचालन गर्न सक्ने र त्यसको प्रत्यक्ष फाइदा अन्य आरोहीहरूले लिन सक्ने उनले बताइन् ।

सगरमाथा आरोहणका लागि कुनै पनि व्यक्ति शारीरिक तथा मानसिक रूपमा सबल हुनुपर्ने र त्यसअघि ६ हजार मिटर भन्दा अग्ला केही शिखरहरू चढेको अनुभव हुनुपर्ने उनले बताइन् । हाल स्वदेशी पर्वतारोहीको हकमा सगरमाथा आरोहण गर्न ३५ देखि ४० लाख रुपैया खर्च लाग्ने उनले जानकारी दिइन् । हिमाल आरोहणमा रुची राख्ने तर यस विषयमा कुनै जानकारी नभएका स्वदेशी तथा विदेशी पर्वतारोहीको सहयोगका लागि भुसाले साथीहरूसँग मिलेर हिमालयन सेपर्ड इको टुरिजम प्राइभेट लिमिटेड संचालन गरिरहेकी छिन् ।