२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्पको सम्भाव्यताबारे अध्ययन हुँदै



अ+ अ-

दार्चुला । जिल्लाको तातोपानी क्षेत्र रहेका दुई स्थानमा भूकम्पको सम्भाव्यताबारे अध्ययन सुरु गरिएको छ । तातोपानी क्षेत्र रहेको दुहुँ गाउँपालिका– ३ को श्रीवगड र मार्मा गाउँपालिका–४ को तपोवनस्थित तातोपानी क्षेत्रको अवस्थाबारे अध्ययन थालिएको हो ।

पेरिसका प्रोफेसर फेडरिक पेरियर र खानी तथा भूभार्ग विभागका टेक्निकल असिस्टेन्ट राजेश शर्माले यहाँ पुगेर अवस्थाबारे अध्ययन गर्नुभएको हो । भूकम्पको दृष्टिकोणले पश्चिम नेपालको दार्चुला र बझाङमा बढी जोखिम रहेको हुनसक्ने अनुमानका आधारमा उनीहरुले यहाँको अवस्थाबारे अध्ययन थालेका छन् ।

पश्चिम नेपालमा ५१७ वर्षयता ठूलो भूकम्प गएको छैन । नेपालका ठूला भूकम्पमध्ये अबको १० वर्षभित्र पश्चिम नेपालमा ठूलो भूकम्प आउनसक्ने भूकम्पविद् प्रोफेसर पेरियर बताउनुहुन्छ । “पश्चिम नेपालमा १० वर्षभित्र ठूलो भूकम्प आउने खतरा छ”, उहाँले भन्नुभयो, “तातोपानी भएको क्षेत्रमा भूकम्प आउने सम्भावना बढी हुने भएकै कारण यहाँको पानीको अवस्थाबारे अध्ययन गर्न आएका हौँ ।”

दार्चुलाका श्रीवगडको पानीमा त्यति खतराको अवस्था नरहेको उहाँले बताउनुभयो । पानीको तापक्रम ६४.६ डिग्री देखिएको उहाँले जानकारी दिनुभयो । ग्यासको मात्रा सिओ–२ मात्रै छ । उहाँका अनुसार ग्यास बढी भएको भए भूकम्प चाँडो आउने सम्भावना रहन्छ । “यहाँ ग्यासको मात्रा अहिले बढेको छैन्, मेरो अनुभवले जुन तातोपानीमा ग्यासको मात्रा बढी हुन्छ त्यो खतरा हो”, उहाँले भन्नुभयो ।

नेपालमा लामो समयदेखि भूकम्प आउने क्षेत्रबारे अनुसन्धान गर्दै आउनुभएका प्रोफेसर पेरियरकले अहिले नै यो क्षेत्रमा जोखिमको अवस्था धेरै नरहेको बताउनुभयो । उहाँ थप्नुहुन्छ, “हामीले गरेको अनुसन्धानको डिटेल रिपोर्ट आउन ३-४ महिना लाग्छ ।”

पछिल्लो समय सुदूरपश्चिमका दार्चुला, बझाङ लगायतका केन्द्र भएर साना भूकम्प भने बढी जाने गरेको टेक्निकल असिस्टेन्ट शर्मा बताउनुहुन्छ । “मैले भूकम्प मापन केन्द्र सुर्खेतमा बसेर काम गरेको हुँदा यो क्षेत्रमा साना भूकम्प धेरै जाने गरेको थाहा छ”, उहाँले भन्नुभयो ।