२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा शुरू भयो ‘बहुभाषिक नाट्य उत्सव’



अ+ अ-

काठमाडौं । काठमाडौंमा सात दिने ‘बहुभाषिक नाट्य उत्सव’ शुरू भएको छ ।

आईतवारबाट शुरु भएको उत्सव नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको हो । उत्सवको उद्घाटन प्राज्ञ डा. अभि सुवेदी, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ, नेपाल संगीत तथा प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव श्यामप्रकाश तमोट र प्राज्ञ परिषद् सदस्य एवं नाट्य विभागकी प्रमुख निशा शर्मा पोखरेलले संयुक्तरूपमा गर्नुभएको थियो । उदटनको पहिलो दिन सोङ्कित लाप्चा निर्देशित लाप्चा भाषाको ‘स्वर्ग जाने सिँढी’ नाटक देखाइएको थियो ।

नाटकलाई लाप्चाउत्थान मञ्च, इलामले निर्माण गरेको हो । उत्सवमा देश भरबाट छनोटमा परेका सात वटा नाटक मञ्चन गरिनेछ ।

महोत्सव कुञ्ज थिएटरमा भइरहेको छ । आज नाटकको दोश्रो दिन कुन्दन थारूको निर्देशनमा तयार भएको थारू भाषाको ‘कनन हरलता’ मञ्चन हुँदैछ । कुञ्ज नाटक घर थापागाउँमा नाटक भइरहेको छ ।