९ भाद्र २०८३, मंगलवार
,
Latest
विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो मनसुनयता सरदरभन्दा कम वर्षा पहिचान र पुनःस्थापनाको माग गर्दै जनकपुरधाममा मुक्त हरवा–चरवाको प्रदर्शन विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ… भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५००
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा शुरू भयो ‘बहुभाषिक नाट्य उत्सव’



अ+ अ-

काठमाडौं । काठमाडौंमा सात दिने ‘बहुभाषिक नाट्य उत्सव’ शुरू भएको छ ।

आईतवारबाट शुरु भएको उत्सव नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको हो । उत्सवको उद्घाटन प्राज्ञ डा. अभि सुवेदी, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ, नेपाल संगीत तथा प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव श्यामप्रकाश तमोट र प्राज्ञ परिषद् सदस्य एवं नाट्य विभागकी प्रमुख निशा शर्मा पोखरेलले संयुक्तरूपमा गर्नुभएको थियो । उदटनको पहिलो दिन सोङ्कित लाप्चा निर्देशित लाप्चा भाषाको ‘स्वर्ग जाने सिँढी’ नाटक देखाइएको थियो ।

नाटकलाई लाप्चाउत्थान मञ्च, इलामले निर्माण गरेको हो । उत्सवमा देश भरबाट छनोटमा परेका सात वटा नाटक मञ्चन गरिनेछ ।

महोत्सव कुञ्ज थिएटरमा भइरहेको छ । आज नाटकको दोश्रो दिन कुन्दन थारूको निर्देशनमा तयार भएको थारू भाषाको ‘कनन हरलता’ मञ्चन हुँदैछ । कुञ्ज नाटक घर थापागाउँमा नाटक भइरहेको छ ।