• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन ★   अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली ★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए ★   बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने ★   मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने ★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे

कैदीबन्दीलाई पनि मताधिकार दिन सर्वोच्चको आदेश



काठमाडौँ । सर्वोच्च अदालतले आगामी प्रतिनिधिसभाको निर्वाचनमा कैदीबन्दीलाई पनि मतदान गर्न पाउने व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश सपना प्रधान मल्लको एक इजलासले कैदीबन्दीलाई समानुपातिकतर्फ मतदान गर्ने व्यवस्था गर्न आदेश गरेको हो ।

काठमाडौँ स्कूल अफ लको प्रथप वर्षमा अध्ययनरत प्रदीक्षा केसी र निशान्त पोखरेलले कैदीबन्दीलाई पनि मताधिकारको व्यवस्था गर्न माग गर्दै दायर गरेको रिटमा सो आदेश जारी भएको हो ।

सर्वोच्चको आदेशमा भनिएको छ, “असार १ गतेदेखि निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अध्यावधिक कार्य गरिरहेको हुँदा हाललाई आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फको निर्वाचन प्रयोजनका लागि कैदीवादीहरूको मतदाता नामावली संकलन तथा अध्यावधिक गर्नु÷गराउनू भनी अन्तरिम आदेश जारी गरिदिएको छ ।”

आदेशमा सर्वोच्चले २०६४ साल र २०७० सालका संविधानसभामा सरकारी कर्मचारी, सैनिक, तत्कालीन समयमा शिविरमा रहेका माओवादी लडाकु र कैदीबन्दीलाई अस्थायी मतदाता नामावलीमा समावेश गरी मतदानको अधिकार दिएको स्मरण गराएको छ।

सर्वोच्चले आदेश जारी गर्दा नेपाल कान्रन पत्रिका २०६८ अंक ६ र निर्णय नम्बर ८६३१ मा प्रकाशित नजीरलाई पनि आधार बनाएको छ।