२५ भाद्र २०८३, बिहीबार
,
Latest
अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी, संसद्मा उठ्यो प्रश्न केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छः मुख्यमन्त्री आचार्य उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा हाम्रो पात्रो प्रयोगकर्ताबाट विपद् उद्धार कोषमा १ करोड २५ लाख सहयोग रसुवा बाढीमा मृत्यु हुनेको संख्या १,३७७ पुग्यो, ५ हजारभन्दा बढी बेपत्ता ग्यास अभावबारे मन्त्रीको अभिव्यक्तिप्रति महासंघको आपत्ति भोटेकोशी बाढीः आठ मिलियन युरो सहायता
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई दशकपछि कोसीमा भेटियो ओंत



अ+ अ-

काठमाडौं । दुई दशकपछि कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रभित्र ओंत भेटिएको छ । बेल्जियमको एन्टवर्प विश्वविद्यालयबाट विद्यावारिधी गरिरहेकी बायोलोजिस्ट रमा मिश्रले आरक्षमा ओंत भेट्टाएउदै क्यामेरा ट्र्यापमा ओंत कैद गरेकी हुन् । 

फिसिङ क्याटुको अध्ययनका लागि लगाइएको क्यामेरा ट्र्यापमा ओंत रेकर्ड भएको हो । यसअघि कोसीमा गरिएका अनुसन्धानहरुले ओंत भेटिएको उल्लेख गरे पनि तस्बिरसहितको प्रमाणहरु जुटाउन सकेको थिएन ।  

अनुसन्धानकर्ता मिश्रले सन् २०१६ देखि कोसीमा ुफिसिङ क्याटु सम्बन्धी अनुसन्धान गर्दै आएकी छन् । फिसिङ क्याट बिरालो वर्गमा पर्ने जीव हो जसले माछा, मुसा,चरालगायत सीमसार क्षेत्रमा पाइने जीवहरुको सिकार गर्छ । ओंतको मुख्य आहारा माछा हो ।  

आरक्षण क्षेत्रको दक्षिण क्षेत्रको सीमसारमा ओंत भेटिएको अनुसन्धानकर्ता मिश्रले बताइन् । यो स्तनधारी जीव आईयूसीएनले 'लोप हुन सक्ने' जीवको सूचीमा राखेको छ भने साइटिसको अनुसूची-१ मा उल्लेख छ ।

पछिल्लो समय कोसीमा ओंत पाइने सम्बन्धमा वन विज्ञान अध्ययन संस्थानबाट सुजिता ढकालले पनि अनुसन्धान गरेकी थिइन् तर उनको अनुसन्धानमा ओंतका पाइलाहरु देखिएको उल्लेख भएपनि तस्बिर भने कैद भएको थिएन ।

विगत ३० वर्षदेखि नेपालमा ओंत सम्बन्धी अनुसन्धान गर्दै आएका प्राणीशास्त्रीका प्राध्यापक पारसमणि आचार्यले सन् २००२ मा कोसी क्षेत्रमा गरेको अनुसन्धानमा पनि ओंत भेटिएको थिएन । त्यसअघि पनि कोसीमा ओंत देखिने गरेको बताइएपनि फोटोग्राफिक प्रमाण भने नभेटिएको उनले बताए ।