२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई दशकपछि कोसीमा भेटियो ओंत



अ+ अ-

काठमाडौं । दुई दशकपछि कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रभित्र ओंत भेटिएको छ । बेल्जियमको एन्टवर्प विश्वविद्यालयबाट विद्यावारिधी गरिरहेकी बायोलोजिस्ट रमा मिश्रले आरक्षमा ओंत भेट्टाएउदै क्यामेरा ट्र्यापमा ओंत कैद गरेकी हुन् । 

फिसिङ क्याटुको अध्ययनका लागि लगाइएको क्यामेरा ट्र्यापमा ओंत रेकर्ड भएको हो । यसअघि कोसीमा गरिएका अनुसन्धानहरुले ओंत भेटिएको उल्लेख गरे पनि तस्बिरसहितको प्रमाणहरु जुटाउन सकेको थिएन ।  

अनुसन्धानकर्ता मिश्रले सन् २०१६ देखि कोसीमा ुफिसिङ क्याटु सम्बन्धी अनुसन्धान गर्दै आएकी छन् । फिसिङ क्याट बिरालो वर्गमा पर्ने जीव हो जसले माछा, मुसा,चरालगायत सीमसार क्षेत्रमा पाइने जीवहरुको सिकार गर्छ । ओंतको मुख्य आहारा माछा हो ।  

आरक्षण क्षेत्रको दक्षिण क्षेत्रको सीमसारमा ओंत भेटिएको अनुसन्धानकर्ता मिश्रले बताइन् । यो स्तनधारी जीव आईयूसीएनले 'लोप हुन सक्ने' जीवको सूचीमा राखेको छ भने साइटिसको अनुसूची-१ मा उल्लेख छ ।

पछिल्लो समय कोसीमा ओंत पाइने सम्बन्धमा वन विज्ञान अध्ययन संस्थानबाट सुजिता ढकालले पनि अनुसन्धान गरेकी थिइन् तर उनको अनुसन्धानमा ओंतका पाइलाहरु देखिएको उल्लेख भएपनि तस्बिर भने कैद भएको थिएन ।

विगत ३० वर्षदेखि नेपालमा ओंत सम्बन्धी अनुसन्धान गर्दै आएका प्राणीशास्त्रीका प्राध्यापक पारसमणि आचार्यले सन् २००२ मा कोसी क्षेत्रमा गरेको अनुसन्धानमा पनि ओंत भेटिएको थिएन । त्यसअघि पनि कोसीमा ओंत देखिने गरेको बताइएपनि फोटोग्राफिक प्रमाण भने नभेटिएको उनले बताए ।