२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाल्पामा रु छ अर्ब बढीको बजेट सार्वजनिक



अ+ अ-

रामपुर । पाल्पाका स्थानीय तहले आगामी वर्षको लागि रु छ अर्ब बढीको बजेट सार्वजनिक गरेका छन् ।

हालै सम्पन्न नगर तथा गाउँसभामार्फत पालिकाले रु छ अर्ब ४५ करोड १३ लाख २८ हजार बराबरको बजेट सार्वजनिक गरेका हुन् । जिल्लाको दुई नगरपालिका र आठ गाउँपालिकामध्ये आगामी आर्थिक वर्ष २०७९/०८० का लागि सबैभन्दा धेरै तानसेन नगरपालिकाले रु एक अर्ब ३९ करोड १८ लाख ९३ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । तानसेन नगरले चालु खर्चतर्फ रु ७५ करोड ९३ लाख ७५ हजार ९४२ र पुँजीगततर्फ रु ६३ करोड २५ लाख १७ हजार ११२ विनियोजन गरेको छ ।

रामपुर नगरपालिकाले रु ७२ करोड ४७ लाख ९५ हजार रकम विनियोजन गरेको छ । बजेटमा वडागत बजेट रु पाँच करोड २० लाख, सशर्त कार्यक्रम रु ३५ करोड ४४ लाख, क्षेत्रगत कार्यक्रममा रु ३१ करोड ८३ लाख ९५ हजार विनियोजन गरिएको छ । गाउँपालिकातर्फ बगनासकालीले रु ५० करोड १८ लाख २३ हजार, माथागढीले रु ५७ करोड ७४ लाख ९४ हजार, निस्दीले रु ६४ करोड ९८ लाख २५ हजारको बजेट ल्याएको छ ।

पूर्वखोलाले रु ४८ करोड १७ लाख ७४ हजार, रम्भा गाउँपालिकाले रु ५० करोड २९ लाख ८३ हजार, तिनाउले रु ४८ करोड २० लाख ९१ हजार रैनादेवीछहराले रु ६३ करोड ६९ लाख २५ हजार, रिब्दीकोटले रु ५१ करोड २४ लाख २५ हजार बराबरको बजेट सार्वजनिक गरेको छ ।

नीति तथा कार्यक्रममा आगामी वर्षका लागि कृषि, पशुपालन, सडक स्तरोन्नति, शिक्षा, स्वास्थ्य, पर्यटन, भौतिक पूर्वाधार निर्माण, महिला सशक्तीकरणलगायतका विषयलाई पालिकाले प्राथमिकतामा राखेका छन् । सामाजिक सुरक्षा भत्ता, महिला, दलित र विपन्न वर्गका लागि विशेष जोड दिएका छन् । पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै केही नयाँ कार्यक्रम थप भएका छन् ।