७ आश्विन २०८१, सोमबार
,
Latest
चर्चित धावक रोकायालाई ‘उज्ज्वल तारा खेल सम्मान—२०८१’ प्रदान गरिने श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई प्रहरीको हिरासतबाट धनुषामा ८ जना थुनुवा फरार नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे रविले भने– न्यूयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू विश्वकप लिग–२ः नेपालको लगातार तेस्रो हार रवि प्रहरीको निगरानीमै, प्रतिवाद गर्ने चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामकुमारी झाँक्रीले दिइन् मन्त्री पदबाट राजीनामा



अ+ अ-

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले मन्त्री पदबाट राजीनामा दिनुभएको छ ।

आईतवार मन्त्रालयलमा पत्रकार सम्मेलन गर्दै मन्त्री झाँक्रीले राजीनामा दिनुभएको हो । उहाँले राजीनामा तथा विधाइ पत्रकार सम्मेलनमा बोल्दै बजेटका विषयमा उठेका प्रश्नको जवाफ र आफूले ल्याएका कार्यक्रमबारे जवाफ दिने रहरले आफूले केही दिन मन्त्रीपदमा रहेको बताउनु भयो । मन्त्री झाँक्रीले बजेटमाथिको जवाफ दिनुअघि नै नयाँ नाम सिफारिस गरेको कुरामा पार्टीले आफूहरुसँग छलफल नगरेको भन्दै गुनासो गर्नु भयो । उहाँले पार्टीका मन्त्री बन्न र बनाउन चाहने नेताहरुले मन्त्री भएको ६ महिना हुनासाथ दिन गन्न शुरु गरेको खुलाउनु भयो ।

मन्त्री झाँक्रीले मन्त्रीहरु परिर्वतन हुँदा सार्वजनिक सञ्चार माध्यमबाट नभई पार्टीले आफूलाई जानकारी दिने आश गरेको तर एक्कासी सञ्चार माध्यमबाट जानकारी पाएको भन्दै पार्टी अध्यक्ष प्रति गुनासो गर्नुभयो । उहाँले पार्टीले समीक्षा बैठक भनेर बोलाएर मन्त्री फेर्ने निर्णय गरेको बताउनु भयो । पार्टीले मन्त्री फेर्नुअघि मन्त्रीहरुसँग छलफल हुन्छ भन्ने आश भएपनि अध्यक्षले छलफल नै नगरी मन्त्री फेर्ने निर्णय गरेको बताउनु भयो । उहाँले आफूहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर बजेटसम्म के गर्ने भनि सोध्दा प्रधानमन्त्रीले बजेटसम्म काम गर्नुस् भनेको पनि बताउनु भयो । झाँक्रीले आफूहरु बाहिरिए पनि अब नयाँ मन्त्रीहरु पार्टीले पठाउने भन्दै मन्त्रिपरिषद् छिट्टै पुनःगठन हुने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ शहरी विकास मन्त्रालयको जिम्मेवारी दिनुहुने मेरो पार्टी,विश्वास गर्ने प्रधानमन्त्री र मन्त्री परिषद्को समग्र टिम र सहयोग गर्ने शहरी विकास मन्त्रालयका सचिव लगायत सबैलाई धन्यवाद दिन चाहन्छु । धेरै चिज भन्ने छैन मैले काम गर्दै जाउँला । सधै मैले टिम भन्ने गर्थे । म टिमवर्कमा विश्वास गर्छु । हामी पार्टीबाट निर्णय भएर आएको हो । पार्टीका साथीहरुले ६ महिनाको काउण्ट डाउण्ड शुरु गरेको पनि पहिलै थाहा थियो । हामीले पार्टी अध्यक्षलाई भनेका थियौं मिडियाबाट आयो भने राम्रो हुँदैन भनेका थियौं । हामीले पहिले वातावरण बनाएर छोड्छौं । त्यो चैततिर नै हो । एमसीसीमा गठबन्धन के हुन्छ भन्दै त्यो स्टर्चबाट गुज्रिएका थियौं ।

केही केही मन्त्री बन्ने र बानाउनेहरुले तपाईले शपथ कहिले खाएको भनेर फोन गरे । असोज कात्तिक भनेर जवाफ दिए मैले । असोज कात्तिक भनेर गनेको थाहा भएपछि साथीहरुले दिन गनन शुरु गरेछन् । त्यसपछि स्थानीय चुनाव घोषणा भयो । बजेटमा संघीयता र स्थानीय तहलाई प्राथमिकता र प्रभावकारी बनाउने उदेश्य हो । बजेट बनाउने कुरामा मन्त्रालयको सन्तुलन मिलाउने काममा थियौ । मेरो पार्टीले चुनाव समिक्षा बैंठक बोलाएको मन्त्री फेर्ने निर्णय गरेछ । हामी बजेट बनाउका छौं बजेटपछि छाड्छौं भनेर पार्टी अध्यक्षलाई जानकारी गरायौं । प्रधानमन्त्रीलाई भेटौं । हामी मन्त्री भएर काम गर्नु की नाई । मन्त्री फेर्ने होइन । प्रधानमन्त्रीले बजेटसम्म काम गर्नु भन्नुभयो । हामी बजेटको छलफल मन्त्रालयको बजेटको विषयमा गर्ने रहर थियो । म मेरो ढङ्गले धन्यवाद भनेर हिड्न चाहन्थे । बजेट भरेभोली प्रधानमन्त्रीले मन्त्रीमण्डल गठन गर्नुहुन्छ । कुनै दिन लिखित रुपमा भन्नेछु ।’

मन्त्री झाँक्रीले पत्रकार सम्मेलनमा गहभरी आँसु झार्दै पार्टी अध्यक्ष माधवकुमार नेपालको नाम नदिई मन्त्री बनाउने पार्टीलाई धन्यवाद दिनुभयो ।