२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित



अ+ अ-

काठमाडौं । प्रतिनिधि सभा बैठकमा गणपुरक संख्या नपुगेका कारण मन्त्रीले राखेको प्रस्ताव पारित हुन सकेन ।

प्रतिनिधि सभामा गणपुरक संख्या नपुगेका कारण कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोईराला) ले राखेको नीति, अनुसन्धान प्रतिष्ठान विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रश्ताव पारित हुन नसकेको हो । सभामुख अग्निप्रसाद सापकोटाले नीति, अनुसन्धान प्रतिष्ठान विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रश्तावलाई निर्णयार्थ प्रश्तुत गर्न लागेपछि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद झपट रावलले प्रतिनिधि सभा सदस्यको गणपुरक संख्या नपुगेको र यस्तो अवस्थामा प्रश्ताव पारित गर्दा नियमावली विपरित हुने भन्दै निर्णयार्थ पेस गर्नु अघि गणपुरक संख्या गणना गर्न माग गर्नुभएको थियो ।

उहाँले भन्नुभयो – ‘यहाँ कोरम नपुगेका हुनाले यो निर्णयार्थ पेस गरिँदैछ । हाम्रो नियमावली भन्दा विपरित भएको हुनाले निर्णयार्थ पेस हुनुभन्दा पहिले यहाँ गणना गरियोस् भन्ने कुरा म राख्न चाहन्छु ।’

लगत्तै सभामुख सापकोटाले प्रतिनिधि सभा सदस्यहरुको गणपुरक संख्या गणना गर्न संसद सचिवालयलाई निर्देशन दिनुभएको थियो । गणपुरक संख्या गणना हुँदा प्रश्तावलाई निर्णयार्थ पेश गर्न ६९ जना प्रतिनिधि सभा सदस्य हुनुपर्नेमा ६३ जना मात्रै सदस्यहरुको मात्रै उपस्थिति देखिएकाले गणपुरक संख्या अपुग भएको भन्दै सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गर्नुभएको थियो ।

बैठक स्थगित गर्दै सभामुख सापकोटाले भन्नुभयो – ‘नेपालको धारा ९४ को बमोजिम कुनैपनि प्रश्न वा प्रश्ताव निर्णयार्थ पेस गर्न प्रतिनिधि सभाको एक चौथाई सदस्य उपस्थित हुनुपर्नेमा तीन मिनेट घण्टी बजाई गणपुरक संख्या यकिन गर्दा हाल यो प्रश्ताव निर्णयार्थ पेस गर्न गणपुरक संख्या ६९ हुनुपर्नेमा हाल माननीय सदस्यहरुको संख्या ६३ भएकोले उक्त गणपुरक संख्या नपुग भएको देखिएकोले यो बैठक आजै आधा घण्टाका लागि स्थगित हुन्छ ।’

प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्यहरु पूरा समय नबस्ने गरेको विषयमा विभिन्न समयमा आलोचना हुँदै आएको छ ।