२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्ज नाकाबाट निर्यातमा ७३ प्रतिशत वृद्धि



अ+ अ-

पर्सा । नेपालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उल्लेख्य वृद्धि भएको छ ।

गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा नेपाली वस्तुको निर्यात ७३ प्रतिशतले बढेको हो ।आव २०७७/८७ को साउनदेखि जेठसम्मको ११ महिनामा रु ४४ अर्ब २४ करोड २३ लाखभन्दा बढी मूल्यको नेपाली वस्तु निर्यात भएकामा चालु आवको सोही अवधिमा वीरगञ्ज नाका प्रयोग गरी रु ३२ अर्ब ३१ करोड २४ लाख बढी अर्थात् रु ७६ अर्ब ५५ करोड ४७ लाखभन्दा बढी मूल्यको नेपाली वस्तु निर्यात भएको छ । यो गत आवको तुलनामा ७६दशमलव०३ प्रतिशत बढी हो ।

वीरगञ्ज नाका प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ निकासी हुने मुख्य वस्तुमा भटमासको प्रशोधित तेल, प्रशोधित पाम आयल, फलफूलको जुस, सूर्यमुखीको प्रशोधित तेल, जमोठ कपडालगायत वस्तु रहेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिनुभयो । उहाँले यस नाकाबाट हुने कारोबार बढेसँगै यसको सकारात्मक प्रभाव वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलनमा परेको बताउनुभयो ।

गत आवको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा करिब २३ प्रतिशतभन्दा बढी राजस्व सङ्कलन भएको छ । गत आवको ११ महिनामा रु एक खर्ब ५३ अर्ब ९८ करोड ३२ लाख राजस्व सङ्कलन भएकामा हाल रु ३४ अर्ब ८० करोड एक लाख बढी अर्थात् रु एक खर्ब ८८ अर्ब ७८ करोड ६२ लाख राजस्व सङ्कलन गर्न सफल भएको उक्त कार्यालयले जनाएको छ ।