१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’ घिसिङद्वारा प्रधानमन्त्री साहलाई विपद् व्यवस्थापन र पूर्वाधार सुरक्षाबारे सुझाव दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २५२ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओस्लो नाइटक्लबमा अन्धाधुन्ध गोली चल्दा दुई मारिए, कैयौँ घाइते



अ+ अ-

एजेन्सी । यहाँस्थित एक नाइटक्लबमा अन्धाधुन्ध गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । आज बिहान भएको उक्त घटनाका एकजना सन्दिग्धलाई हिरासतमा लिइएको नर्वेली अधिकारीहरूले बताएका छन् ।

नाइटक्लबमा धेरै गोली चलाइएको र धेरैजना गम्भीर घाइते भएका प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणको कारण स्पष्ट भइनसकेको तथा घटनाको छानबिन भइरहेको प्रहरी अधिकारीहरूले बताएका छन् ।

बन्दुक हिंसाबाट अति प्रभावित संयुक्त राज्य अमेरिकाले त्यसलाई रोक्न सिनेटबाट बन्दुक नियन्त्रणसम्बन्धी कानुन पारित गरेको भोलिपल्ट नर्वेमा उक्त घटना भएको हो । पछिल्लो समय अमेरिकामा बन्दुक हिंसा बढेपछि सिनेटले नयाँ कानुन पारित गरेको हो ।

टेक्सासको उभल्देस्थित एक प्राथमिक विद्यालयमा १९ जना बालबालिका र दुई जना शिक्षक बन्दुको हिंसामा मारिएको ठ्याक्कै एक महिना पछि शुक्रबार १३ अर्ब डलरको प्याकेज समेटिएको उक्त विधेयक मतदानका निम्ति प्रतिनिधिसभामा प्रस्तुत हुने क्रममा छ ।

उनान्चालीस करोड अमेरिकीसँग बन्दुक रहेका तथा सन् २०२० मा मात्र बन्दुकसम्बन्धी हिंसामा परी ४५ हजारभन्दा बढी अमेरिकी नागरिकको मृत्यु भएको थियो ।




भर्खरै