४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

विद्युत् चुहावट नियन्त्रणमा प्राधिकरणको उल्लेख्य सफलता, मधेशमा अझै ध्यान दिनुपर्ने आवश्यकता

विद्युत् चुहावट नियन्त्रणमा प्राधिकरणको उल्लेख्य सफलता, मधेशमा अझै ध्यान दिनुपर्ने आवश्यकता
अ+ अ-

काठमाडौँ । इमान्दार प्रयत्न तथा योजनाबद्ध प्रयासका कारण नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको १० महिनामा वितरणतर्फको विद्युत् चुहावट नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको छ ।

प्राधिकरणका अनुसार सो अवधिमा वितरणतर्फको विद्युत् चुहावट १०।४१ प्रतिशतमा सीमित राख्न सफल भएको छ । सामान्य हिसाबमा एक प्रतिशत बराबरको चुहावट नियन्त्रण गर्दा झण्डै रु एक अर्ब बराबरको आर्थिक लाभ हुन जाने प्राधिकरणको बुझाइ छ ।

नियमितरुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको योजनावद्ध अभियानबाट प्राधिकरणले गत वर्षको वैशाखसम्मको वितरणतर्फको सञ्चित चुहावटको तुलनामा यस वर्ष १।०९ प्रतिशत विन्दुले घटाएको छ । गत वर्ष वैशाखसम्मको वितरणतर्फको विद्युत् चुहावट ११.५० प्रतिशत थियो ।

प्रणालीमा रहेको विद्युत् चुहावटमध्ये सबैभन्दा ठूलो हिस्सा वितरणतर्फको हुन्छ । प्राधिकरणले चालु आवमा समग्र प्रणालीको विद्युत् चुहावट १५.५ प्रतिशतमा र वितरणतर्फको चुहावटलाई ९.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ ।

प्राविधिक र गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई अझै सशक्त र प्रभावकारी बनाएर चुहावटलाई लक्ष्यभन्दा अझै कम बनाउने गरी सम्पूर्ण टिम परिचालन गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

यस अवधिमा नयाँ सवस्टेशन निर्माण सम्पन्न भएको, सञ्चालमा रहेका सवस्टेशनको स्तरोन्नति गरिएको, औद्योगिक क्षेत्रमा विद्युत् खपत बढेको, मिटर रिडिङलाई प्रभावकारी बनाउँदा ग्राहककोमा सञ्चित रहेको युनिट विलिङ भएको लगायतका कारणबाट चुहावट घटेको हो ।

प्राधिकरणले हुकिङलगायतबाट हुने विद्युत् चोरी नियन्त्रणका लागि नियमित अनुगमन तथा कारबाही गरिरहेको छ । ओभरलोड भएका सवस्टेशनको सुदृढीकरण तथा नयाँ सवस्टेशनको निर्माण, कन्डक्टर, ट्रान्सफर्मर फेर्नेलगायतका काम गरिरहेको छ । गर्मीमा तराई÷मधेशमा चुहावट केही बढ्छ तर प्राधिकरणले यसलाई नियन्त्रण गरी चुहावटलाई वाञ्छित सीमाभन्दा तल झार्ने गरी काम भइरहेको जनाएको छ ।

सवस्टेशनको क्षमता वृद्धि गर्ने, कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्रि फेज मिटरको प्रयोगलाई प्रोत्साहनलगायत कदमको परिणाम चुहावट नियन्त्रणमा देखिएको हो ।

प्राधिकरणले गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महशुल बक्यौता असुलीमा कडाइ, मिटर वाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारवाही गर्र्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने मिटर रिडिङ नभएको ९स्टक युनिट० ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकैरुपमा चलाइएको छ ।

सबैभन्दा बढी विद्युत् चुहावट मधेश प्रदेशमा

प्राधिकरणका सातवटा प्रादेशिक कार्यालय र दुईवटा प्रदेश डिभिजन कार्यालय मातहतका वितरण केन्द्रमध्ये सबैभन्दा बढी विद्युत् चुहावट मधेश प्रदेश प्रादेशिक कार्यालय, जनकपुरको रहेको पाइएको छ । प्रादेशिक कार्यालय जनकपुर मातहतका २३ वटा वितरण केन्द्रको समग्र विद्युत् चुहावट १३.६७ प्रतिशत छ । अघिल्लो वर्ष सो प्रदेशको समग्र चुहावट १६.३१ प्रतिशत थियो ।

सर्लाहीको मलङ्गवा वितरण केन्द्रको सबैभन्दा बढी ४५.०९ प्रतिशत विद्युत् चुहावट रहेको छ । गत वर्ष यस अवधिमा मलङ्गवा वितरण केन्द्रको विद्युत् चुहावट २७.३७ प्रतिशत रहेकोमा यस वर्ष बढेर ४५.०९ प्रतिशत पुगेको हो । बाराको सिम्रौनगढ वितरण केन्द्रको विद्युत् चुहावट गत वर्ष ५१.०४ प्रतिशत रहेकोमा यस वर्ष ४०.६८ प्रतिशतमा झरेको छ ।

महोत्तरीको जलेश्वर वितरण केन्द्रको चुहावट गत वर्ष ४२.९१ प्रतिशत रहेकोमा यस वर्ष ३६.२८ प्रतिशत रहेको छ । रौतहटको गौर वितरण केन्द्रको गता वर्ष ३०.१२ प्रतिशत रहेको चुहावट यस वर्ष बणेश्वर ३३.६३ प्रतिशत पुगेको छ । औद्योगिक ग्राहक धेरै रहेकोले बाराको सिमरा वितरण केन्द्रको विद्युत् चुहावट ०.६१ प्रतिशत रहेको छ । अघिल्लो वर्ष केन्द्रको चुहावट ०.६४ प्रतिशत थियो ।

प्रदेश नं १ प्रादेशिक कार्यालय विराटनगर मातहतका २४ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी विद्युत् चुहावट सुनसरीको इनरुवा वितरण केन्द्रको छ । यस केन्द्रको विद्युत् चुहावट गत वर्ष २५.३६ प्रतिशत रहेकोमा यस वर्ष बढेर २५.६५ प्रतिशत थियो ।

बागमती प्रदेशअन्तर्गत प्रदेश डिभिजन कार्यालय हेटौँडा मातहतका छ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी मकवानपुरको पालुङ वितरण केन्द्रको २७.२९ प्रतिशत विद्युत् चुहावट रहेको छ । गत त्यस केन्द्रको २८.३१ प्रतिशत चुहावट थियो ।

बागमती प्रदेश प्रादेशिक कार्यालय काठमाडौँ मातहतका २० वटा वितरण केन्द्रमध्ये सिन्धुपाल्चोक वितरण केन्द्रको सबैभन्दा बढी २५.५६ प्रतिशत चुहावट रहेको छ । अघिल्लो वर्ष त्यस केन्द्रको २६.२७ प्रतिशत चुहावट थियो ।

गण्डकी प्रदेशअन्तर्गत प्रादेशिक कार्यालय पोखरा मातहतका १३ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी चुहावट म्याग्दी वितरण केन्द्रको छ । केन्द्रको चुहावट अघिल्लो वर्ष १८.६० प्रतिशत रहेकोमा यस वर्ष १५.८० प्रतिशतमा झरेको छ ।

लुम्बिनी प्रदेशअन्तर्गत प्रादेशिक कार्यालय बुटवल मातहतका ११ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी चुहावट कपिलवस्तुको तौलिहवा वितरण केन्द्रको रहेको छ । गत वर्ष २२.४४ प्रतिशत रहेको चुहावट यस वर्ष बढेर २९.१३ प्रतिशत पुगेको छ ।

लुम्बिनी प्रदेशअन्तर्गत प्रदेश डिभिजन कार्यालय नेपालगञ्ज मातहतका १४ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी विद्युत् चुहावट प्यूठान वितरण केन्द्रको १८.३६ प्रतिशत रहेको छ । अघिल्लो वष त्यस केन्द्रको चुहावट १९.८९ प्रतिशत थियो । कर्णाली प्रदेश अन्तर्गत प्रादेशिक कार्यालय सुर्खेत मातहतका ११ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी चुहावट रुकुम (पश्चिम) वितरण केन्द्रको रहेको छ । केन्द्रको चुहावट गत वर्ष २९.३१ प्रतिशत रहेकोमा यस वर्ष २२.४४ प्रतिशतमा झरेको छ ।

सुदूरपश्चिम प्रदेशअन्तर्गत प्रादेशिक कार्यालय अत्तरिया मातहत ११ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी चुहावट अछाम वितरण केन्द्रको रहेको छ । गत वर्ष १७.७५ प्रतिशत रहेको केन्द्रको चुहावट यस वर्ष बढेर २२.४५ प्रतिशत पुगेको छ । –रमेश लम्साल