२० मंसिर २०८२, शनिबार
,
Latest
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगर महानगरपालिकाद्वारा तीन अर्ब ६२ करोड बजेट प्रस्तुत



अ+ अ-

विराटनगर । विराटनगर महानगरपालिकाको नगरसभाको १०औँ अधिवेशनमा आगामी आर्थिक वर्षका लागि आय र व्ययको बजेट सार्वजनिक गरिएको छ ।

आगामी आर्थिक वर्षमा कूल रु तीन अर्ब ६२ करोड ५५ लाख ६७ व्यय हुने अनुमान गरिएको छ । सो व्ययमध्ये कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ रु ५५ करोड ३५ लाख ५० हजार, पूर्वाधार विकासतर्फ रु एक अर्ब ८९ करोड ७१ लाख १७ हजार, आर्थिक विकासतर्फ रु २७ करोड ७३ लाख, सामाजिक विकासतर्फ रु ७८ करोड ३९ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ रु सात करोड ७७ लाख र वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु तीन करोड ६० लाख खर्च हुने बजेटमा अनुमान गरिएको छ ।

महानगर उपप्रमुख शिल्पा निराला कार्कीले वाचन गर्नुभएको बजेटमा आगामी वर्ष सञ्चालन हुने मुख्य आयोजनामा वडास्तरीय आयोजनामा रु ४१ करोड ६८ लाख १७ हजार, नगरस्तरीय आयोजनाका लागि रु ३० करोड, बहुवर्षीय तथा गौरवका आयोजनाका लागि रु २९ करोड, क्रमागत योजनाको भुक्तानीका लागि रु ४० करोड, आरयुडिपीबाट निर्माण भएकालगायतका कालोपत्र सडकसमेत गरी मर्मतसम्भारमा रु १४ करेड, अन्य पूर्वाधारतर्फ रु नौ करोड ८० लाख, फोहर पानी प्रशोधन केन्द्रका लागि रु दुई करोड ५० लाख र समपूरक कोषमा रु चार करोड ८० लाख विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षको अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये सङ्घीय सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ रु एक अर्ब २१ करोड ८५ लाख र प्रदेश सरकारतर्फ रु चार करोड ९१ लाख ९७ हजार, राजस्व बाँडफाँट रु एक अर्ब १३ करोड ९९ लाख ७० हजार, आन्तरिक आय रु एक अर्ब, जनसहभागिता रु आठ करोड, अन्य अनुदान तथा ऋण रु १० करोड १९ लाख र अन्य सङ्घसंस्था रु तीन करोड ६० लाख हुने बजेटमा अनुमान गरिएको छ ।

नीति कार्यक्रम तथा बजेटको कार्यान्वयनबाट महानगरको आर्थिक तथा सामाजिक क्षेत्रमा उल्लेखनीय नतिजा हासिल हुने विश्वास व्यक्त गरिएको छ ।

त्रिवर्षीय मध्यकालीन खर्च संरचनाअनुरुप आव २०८०/८१ का लागि रु तीन अर्ब ९८ करोड ८१ लाख २३ हजार र आव २०८१/८२ का लागि रु चार अर्ब ३८ करोड ६९ लाख ३६ हजार आय तथा व्ययको अनुमान उपप्रमुख कार्कीले बजेटमा वाचन गर्नुभएको छ ।