४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

भरतपुर महानगरको बजेट रु पाँच अर्ब ७४ करोड

भरतपुर महानगरको बजेट रु पाँच अर्ब ७४ करोड
अ+ अ-

चितवन । भरतपुर महानगरपालिकाको ११ औँ नगरसभामा रु पाँच अर्ब ७४ करोड ४२ लाख ५६ हजार बराबरकोे बजेट पेश गरिएको छ ।

महानगर उपप्रमुख चित्रसेन अधिकारीले नगरसभा समक्ष आज सो बजेट प्रस्तुत गर्नुभएको हो । प्रस्तुत बजेटमा आन्तरिक आय रु एक अर्ब ५० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रु एक अर्ब ९२ करोड ११ लाख २९ हजार, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँटबाट प्राप्त रु ५३ करोड ३१ लाख २७ हजार, जनसहभागिताबाट रु ३७ करोड, बैंक मौज्दात रु एक अर्ब ३० करोड, मर्मतसम्भार कोषबाट रु चार करोड, सडक बोर्ड नेपालबाट रु तीन करोड र जिल्ला समन्वय समिति चितवनबाट रु तीन करोड रहने प्रक्षेपण गरिएको छ ।

चालु आर्थिक वर्षका लागि गत वर्ष बजेट प्रस्तुत हुँदा रु चार अर्ब ८४ करोड रहेको थियो । पूरक र थप अख्तियारीसमेत गरी चालु आर्थिक वर्षको बजेट रु पाँच अर्ब ५१ करोड ७३ लाख ८८ हजार पुगेको छ । अनुमानित आयमा २०७९ जेठ मसान्तसम्म महानगरले आन्तरिक आम्दानी रु ९७ करोड प्राप्त भएको छ । गत वर्षको सुरुआती बजेटको तुलनामा यस वर्षको बजेट रु ९० करोड बढी हो ।

बजेट प्रस्तुत गर्दै अधिकारीले अन्तरसरकारी अख्तियारी शीर्षकमा अनुमानित रु एक अर्ब ४० करोड रहने प्रक्षेपण गरिएको बताउनुभयो । जसलाई अन्तरसरकारी अख्तियारी शीर्षकबाट नै खर्च तथा लेखाङ्कनको व्यवस्था गरिने छ । यस आवमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकीमा रहेका र क्रमागत योजना समयमै सम्पन्न गर्नको लागि एकमुष्ट रु एक अर्ब ३० करोड बजेट विनियोजन गरिएको छ । हरेक वडाको समानुपातिक विकासका निम्ति सम्बन्धित वडास्तरबाट नै कार्यक्रम कार्यान्वयन हुने व्यवस्था मिलाइएको छ । यसरी कार्यान्वयन हुने योजनाको लागि प्रत्येक वडाका लागि रु दुई करोड ५० लाखको दरले जम्मा रु ७२ करोड ५० लाख विनियोजन गरिएको उहाँले बताउनुभयो ।

ठूला तथा रणनीतिक महत्वका पूर्वाधार निर्माण गर्न सङ्घ तथा प्रदेश सरकारको स्रोतसँग समपूरक साझेदारी कोष स्थापना गर्न रु छ करोड बजेट विनियोजन गरिएको छ । महानगरपालिकाको एकीकृत सहरी विकास गुरुयोजना तर्जुमा गर्ने, महानगरपालिकाका मुख्य सहरी क्षेत्रमा सतह ढल निर्माण, विद्युतीय बसको खरिद गर्ने, महानगरभित्र अत्यावश्यक स्थानमा सार्वजनिक शौचालय निर्माण, भरतपुरको मुख्य सहरी क्षेत्रलाई विकेन्द्रीकरण गर्ने उद्देश्यले स्याटेलाइट टाउनको सम्भाव्यता अध्ययन, हरियालीसहितको नमूना सडक निर्माण, सिँचाइ, कल्भर्ट, ग्राभेल, ह्युमपाइप खरिद, आकाशे पुल निर्माण, आयोजना बैंक निर्माणलगायतका सहरी सौन्दर्य र भूउपयोग तथा बस्ती विकाससम्बन्धी नीति कार्यान्वयन गर्नको लागि रु २८ करोड विनियोजन गरिएको छ ।

नक्सा प्रणालीलाई व्यवस्थित गर्नुका साथै विद्युतीय नक्सा पास प्रक्रियालाई सुदृढ गर्ने र भवन संहितासम्बन्धी तालिम सञ्चालन गर्नको लागि आवश्यक बजेट व्यवस्थापन गरिएको छ । कृषि तथा पशु विकासतर्फ रु १५ करोड ५० लाख विनियोजन गरिएको छ । शिक्षामा रु १३ करोड छुट्याइएको छ । महानगरपालिकाभित्र ग्राबेल सानातिना मर्मत तत्काल कार्यान्वयन गर्नको लागि रु आठ करोड बजेट विनियोजन गरिएको छ ।

स्वास्थ्य सेवाका लागि रु सात करोड बजेट विनियोजन गरिएको अधिकारीले बताउनुभयो । महानगरपालिका भित्र मासिक सात हजार लिटरसम्म खानेपानी उपभोग गर्ने उपभोक्ताको खानेपानी महसुल महानगरपालिकाले भुक्तानी गर्न रु तीन करोड बजेट व्यवस्थापन गरिएको छ । फोहोरमैला व्यवस्थापन र पार्क एवं हरियालीका लागि रु सात करोड बजेट विनियोजन गरिएको छ ।

सूचना तथा प्रविधि एवं डिजिटल प्रणालीका लागि रु तीन करोड, सहकारी तथा रोजगार प्रवद्र्धनका लागि रु दुई करोड ५० लाख र पर्यटन क्षेत्रको विकास र विस्तारका लागि रु दुई करोड ५० लाख विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । युवा तथा खेलकुद क्षेत्रका लागि रु २ करोड विनियोजन गरिएको छ । लैङ्गिक समानता, महिला सशक्तीकरण र सामाजिक समावेशीकरणका लागि रु चार करोड विनियोजन गरिएको छ । विपद् व्यवस्थापनमा रु दुई करोड ४५ लाख ५२ हजार, राजस्व प्रशासनमा रु एक करोड, कर्मचारी प्रशासन, जनशक्ति विकास तथा सुशासनमा रु एक करोड विनियोजन गरीएको बजेट प्रस्तुत गर्दै अधिकारीले बताउनुभयो ।

नीजि क्षेत्र लयागत अन्य विकास सहयात्रीसँग सहकार्य गर्न रु ५० लाख, सेवा प्रवाह र प्रशासनमा रु ७५ करोड, मागमा आधारित लक्षित वर्ग कार्यक्रम तथा सामाजिक उत्थान क्षेत्रको समग्र नीति कार्यान्वयन गर्नको लागि रु ५० लाख बजेट विनियोजन गरिएको छ । बजेटले महानगरपालिकाको सामाजिक, आर्थिक, सांस्कृतिक र दिगो तथा वातावरणमैत्री पूर्वाधार विकासमा रणनीतिक महत्व राख्ने अपेक्षा राखिएको उहाँको भनाइ छ । बजेटले सहरी पूर्वाधार, भू–उपयोग तथा बस्ती विकास र अधुरा योजनाको निरन्तरता, कृषि तथा पशु विकास, शिक्षा विकास, मर्मतसम्भार, स्वास्थ्य सेवा, वातावरण, सरसफाइ एवं हरियाली तथा विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ ।

प्रस्तुत बजेट माथि छलफल हुनेछ । महानगरपालिकाका लेखा प्रमुख जगन्नाथ अर्यालले चालु आर्थिक वर्षका लागि गत वर्ष प्रस्तुत गरेको बजेटभन्दा रु ९० करोड बजेट थप भएको बताउनुभयो । राजस्व लक्ष्य थप गर्ने, रजिष्टे«सन शुल्क थप हुने, प्रदेश र सङ्घको बजेट बढेका कारण समग्र बजेटमा वृद्धि भएको उहाँले जानकारी दिनुभयो । महानगर क्षेत्रमा सङ्घ र प्रदेशका आफ्नै ठूला आयोजना सञ्चालनमा रहेका छन् ।