८ श्रावण २०८३, शुक्रबार
,
Latest
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह लागुऔषधसहित दुई जना पक्राउ काठमाडौँ प्रहरीका ६१ प्रतिशत मुद्दाको ‘डिजिटल अभिलेख’ जाजरकोटमा १८८ घर पुनर्निर्माण प्रक्रिया अघि बढाइने सञ्चारमन्त्रीद्वारा नुवाकोटको विद्युत् सेवामा देखिएका समस्या समाधान गर्न निर्देशन वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि व्यावहारिक नीति लागू गरिन्छः मन्त्री यादव दश अर्ब राजस्व सङ्कलन सीमा सुरक्षाको लागि ‘डिजिटल बोर्डर प्रणाली’ तत्काल लागू गर्न संसदीय समितिको निर्देशन हर्मुज जलमार्गमा फसेका छ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान सीमा सुरक्षाको लागि ‘ड्रोन’ र ‘फेस रिकोग्निसन’ सीसीटिभी प्रयोग गर्ने सरकारको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष कार्कीको घर अगाडि फेला परेको शङ्कास्पद वस्तु बम नभएको पुष्टि



अ+ अ-

झापा । नेकपा (एमाले) झापाका अध्यक्ष दीपक कार्कीको घर अगाडि आज बिहान फेला परेको शङ्कास्पद वस्तु बम नभएको पुष्टि भएको छ । नेपाली सेनाको चारआलीस्थित बम डिस्पोजल टोलीले घटनास्थलमै आएर जाँचगरेपछि कुकरभित्र विष्फोटक पदार्थ नभएको पुष्टि भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले बताउनुभयो ।

उहाँका अनुसार खाली कुकरलाई बाहिरबाट भित्रैसम्म विद्युतीय वाइरिङ तारले बेरिएको थियो । अध्यक्ष कार्कीको घर अगाडि आज बिहान ५ः३० बजेतिर शङ्कास्पद वस्तु राखिएको फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो । शङ्कास्पद वस्तु बम नभएको पुष्टि भएपछि सेनाको टोली घटनास्थलबाट फर्किसकेको छ ।

अध्यक्ष कार्की संविधानसभा सदस्यसमेत हुनुहुन्छ भने उहाँका सहोदर भाई हिक्मत कार्की प्रदेश नं १ का निवर्तमान आन्तरिक मामिला तथा कानूनमन्त्री हुनुहुन्छ ।