२३ आश्विन २०८१, बुधबार
,
Latest
अधिकार सम्पन्न संरचना बनाउँदा मात्रै विपद्पछिको पुन:निर्माण सहज रुपमा गर्नसक्छौं: पूर्वाधारविज्ञ ज्ञवाली जब आलियाले ६ घण्टासम्म पिसाब रोकेर राखिन्… पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु छिन्नमस्ता र कङ्कालिनीमा दर्शनार्थीको भीड २० रुपैयाँको एक बोतल पानी सय रुपियाँमा बेच्दा… एमाले र कांग्रेस संविधान खारेज गर्न लागिरहेको प्रचण्डको आरोप दशैंमा घर फिर्तीको हतारो (फोटो फिचर) खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुई सय उडान जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो परिवर्तनका लागि गद्दी त्यागें, तर केही भएन : पूर्वराजा ज्ञानेन्द्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालगञ्जमा नीति, कार्यक्रम र बजेट प्रस्तुत



अ+ अ-

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको ११ औँ नगरसभामा आर्थिक वर्ष २०७९/०८० को नीति, कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ । उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र उपप्रमुख कमरुद्दीन राइले उपमहानगरको बजेट विहिबार सभामा प्रस्तुत गर्नुभएको हो । उपप्रमुख कमरुद्दीन राईले रु एक अर्ब ६३ करोड ६५ लाख ४०० बराबरको बजेट प्रस्तुत गर्नुभएको छ ।

नगरप्रमुख विष्टले नीति कार्यक्रममा नेपालगञ्जलाई आगामी पाँच वर्षभित्र सम्वृद्ध नेपालगञ्ज, सुखी नगरवासीको रुपमा रुपान्तरण गर्ने उल्लेख गर्दै पन्ध्र वर्षभन्दा माथिका निरक्षर जनसङ्ख्याको लागि निरन्तर शिक्षाको कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

नीति कार्यक्रममा बागेश्वरी मन्दिरको ऐतिहासिक धरोहरको संरक्षण, सम्वद्र्धन र सौन्दर्यकरणसहित बागेश्वरी क्षेत्र विकास कोषको स्थापना गर्न गुरुयोजना बनाइने, सहरको फरक पहिचान हुने गरी १०८ फिट हनुमान मूर्ति निर्माण गरिने, नगरभित्रका विभिन्न मन्दिर, मस्जिद, चर्च तथा गुम्बाको संरक्षण तथा सम्वद्र्धन गरी पर्यटन प्रवद्र्धन गरिने उल्लेख छ ।

नेपालगञ्ज उपमहानगरको वडा नं २० स्थित राझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन पहल गरिने, व्यवस्थित सहरी विकास नीति, भूमि व्यवस्थापनसम्बन्धी नीति, शिक्षा, युवा तथा खेलकुद नीति, सुशासन तथा संस्थागत विकास नीतिअन्तर्गत हरेक महिनाको १ गते उपमहानगरका कर्मचारीले इन्धन प्रयोग हुने सवारी साधन सञ्चालन नगर्ने कुरा समेत नीति कार्यक्रममा जनाइएको छ ।

कृषक पहिचानका लागि किसान परिचयपत्र कार्यक्रम, कृषि र पशुसेवासँग सम्बन्धित विभिन्न पकेट विकास कार्यक्रम, पशु एम्बुलेन्सको व्यवस्थापन गरी पशु उपचारको लागि व्यवस्था, दुग्ध पदार्थ, मासुको गुणस्तर र स्वच्छतालाई कायम राख्न बधशालादेखि भान्सासम्म स्वच्छ र स्वस्थ्य मासु र गोठदेखि ओठसम्म स्वस्थ्य दूध कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । नीति कार्यक्रममा सहकारी नीति, वन, वातावरण संरक्षण सरसफाइ तथा विपद् व्यवस्थापन नीति, उपभोक्ता हित संरक्षणसम्बन्धी नीतिमा समेत जोड दिइएको छ ।