• १४ जेष्ठ २०८१, सोमबार
  •      Mon May 27 2024
  •   Unicode
Logo

स्थानीय तहको बजेट आज आउँदै



काठमाडौँ । आज शुक्रबार मुलुकभरका स्थानीय तहहरुले बजेट ल्याउँदैछन् । असार १० गतेभित्र स्थानीय सरकारले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनि गर्ने कानूनी व्यवस्था छ ।

प्रत्येक वर्षको असार १० गतेभित्र गाउँ कार्यपालिका र नगर कार्यपालिकाले आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्ने अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को परिच्छेद ७ को दफा २१ को उपदफा ३ को प्रावधान अनुसार आर्थिक वर्ष २०७९/०८० को बजेट आज सार्वजनिक हुँदैछ ।

सो प्रयोजनका लागि यसअघि नै सबै स्थानीय तहले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेका छन् ।