९ भाद्र २०८३, मंगलवार
,
Latest
लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

वायु सेवा निगमको कामु महाप्रबन्धककाे जिम्मेवारी पाइलट दीपु ज्वारचनलाई



अ+ अ-

काठमाडौँ । सरकारले नेपाल वायु सेवा निगमको कामु महाप्रबन्धककाे जिम्मेवारी पाइलट दीपु ज्वारचनलाई दिएकाे छ । उनलाई निगमको कार्यकारी प्रमुखको जिम्मेवारीसमेत दिइएको छ ।

यसअघिका कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बनमा परेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको मन्त्रिस्तरीय निर्णयबाट ज्वारचनलाई महाप्रबन्धकमा नियुक्त गरिएको हो ।

ज्वारचन पछिल्लो समय प्रशिक्षक पाइलटको जिम्मेबारीमा छन् । निगमको व्यवस्थापकीय जिम्मेबारीमा करिब १३ वर्ष बिताएका उनीमाथि कर्मचारीले निगमको लथालिङ्ग अवस्थामा सुधार आउने अपेक्षा गरेका छन् ।