५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले पैसा नदिएको भन्दै बीएण्डसी र नोबेल मेडिकल कलेजद्वारा बीमा कार्यक्रम रोक्ने घोषणा



अ+ अ-

काठमाडौं । स्वास्थ्य बीमा गरेका नागरिकको उपचार रकम सरकारले असार २० गतेसम्म भुक्तानी नगरे दुई अस्पतालले उपचार सेवा बन्द गर्ने चेतावनी दिएका छन् ।

बुधवार बीएण्ड सी र नोबेल मेडिकल कलेजले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले स्वास्थ्य बीमा गरेका बिरामीले उपचार गरेको रकम असार २० गतेसम्म भुक्तानी नगरे उपचार सेवा बन्द गर्ने बताएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै बीएण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले सरकारले असार २० गतेसम्म रकम भुक्तानी नगरे स्वास्थ्य सेवा बन्द गर्ने बताउनु भयो ।

उहाँले सरकारी अस्पतालमा ८ करोड पुग्दा सेवा बन्द गर्ने निर्णय गरिसकेकाले आफूहरुले पनि बन्द गर्न सरकारले बाध्य बनाएको आरोप लगाउनुभयो । सञ्चालक प्रसाईंले सरकारले ल्याएको बीमा नीतिमा जनतालाई सबै कुरा निःशुल्क भनेर भ्रम छरिएको बताउनु भयो । उहाँले सरकारले अहिले स्वास्थ्य बीमामा छुट्याएको रकममध्ये ३ अर्ब बीएण्ड सीलाई दिए पूर्वका ३२ लाख जनतालाई घरसम्म नै एम्बुलेन्स सेवा पु¥याउने गरी उपचार दिने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ सरकारले स्वास्थ्य बीमामा १ खर्ब ३ अर्ब छुट्याउनु तलदेखि माथिसम्म मिलाएर खान हो । त्यहाँ एउटै काम हुँदैन । स्वास्थ्य बीमाको लागि मेची अञ्चललाई सरकारले ३ अर्ब दियो भने त्यो क्षेत्रका सबै जनता बिरामी हुँदा निको बनाउने काम मेरो भयो । सरकारले स्वास्थ्य बीमा बापतको रकम असार २० गतेसम्म भुक्तानी नदिए स्वास्थ्य बीमा सेवा बन्द गरिन्छ । सरकारी अस्पताल टिचिङमा ८ करोड रकम पुग्दा सेवा बन्द गर्ने भयो । त्यहाँ सबै तलवभत्ता सरकारले खुवाउँछ, धरानको सरकारले खुवाउँछ बन्द गर्ने भयो । हामीलाई कसले दिन्छ । सरकारले स्वास्थ्य बीमा मेचीका ३२ लाख जनतालाई घरबाट एम्बुलेन्स लिएर गएर घरमा नै पु¥याउने गरी उपचार दिन तयार छु । किन सरकारले १ खर्ब बजेट छुट्याउनु हुन्छ । ५० अर्बमा हामी काम गरिदिन्छौं । बिरामी भएका जनताले उपचार गर्ने हो नभएकाले होइन । जनतालाई एउटा भ्रम छरिएको छ । स्वास्थ्य बीमा गरेपछि सबै निःशुल्क उपचार भनिएको छ । बीमाको एउटा कुन औषधी दिने सीमा रहेको छ । अब सरकारले स्वास्थ्य बीमामार्फत अस्पतालमा उपचार गर्दा १ लाख रकम लाग्दा ५० हजार सरकारले तिर्ने र सिधै अस्पतालमा जाने वातावरण बनाउनु पर्छ ।’

सञ्चालक प्रसाईंले आगामी ५ वर्षमा नेपालमा सञ्चालनमा रहेका निजी अस्पताल बन्द हुने दाबी गर्नुभयो । उहाँले सरकारको नीतिले आगामी वर्षभित्र सबै निजी लगानीका अस्पताल बन्द हुने बताउनु भयो । प्रसाईंले गोविन्द केसीले अनसन बसेर ल्याइएको पछिल्लो ‘चिकित्सा शिक्षा ऐन’ का कारण यी सबै कलेज बन्द हुने तरखरमा रहेको दाबी गर्नुभयो । उहाँले अब नेपालमा नर्सिङ समेत पढ्नै नपाइने अवस्था आउन लागेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अबको पाँच वर्षमा नेपालका सबै अस्पतालहरु बन्द हुँदैछन् । किन बन्द हुँदैछ भन्दा गोविन्द केसी अनसन बसेर चिकित्सा शिक्षा ऐन आयो । त्यो ऐनले देशमा सञ्चालनमा रहेका १५० नर्सिङ कलेजमध्ये १३७ वटा नर्सिङ कलेज बन्द ग¥यो । भएका कलेज बन्द भएकाले नर्सिङ नेपालमा पढ्न नपाउने भएका नर्सहरु विदेश जाने गरिएको छ । नर्स उत्पादन हुने अवस्था छैन । अबको ७ वर्षमा उत्पादन भएका नर्स सकिँदै जान्छन् । त्यसपछि भारत र फिलिपिन्सबाट नर्स ल्याउनुपर्ने हुन्छ । मैले अहिले शुरुवात गरिसके । अहिले नेपालका शिक्षण अस्पताल बन्द गरेर पढ्न विद्यार्थीलाई बाहिर पठाइरहेका छौं । अब नेपालमा भएका नर्सलाई पनि बाहिर पठाउँदैछौं । यसपछि, नेपालका सबै अस्पताल बन्द भएपछि बिरामीलाई पनि विदेश पठाउनु पर्छ ।’

प्रसाईंले नेपालमा नर्सिङ पढाई नहुने र भएका नर्स विदेशतर्फ जानेक्रम बढेपछि ५ वर्षपछि नेपालले भारत वा अन्य तेस्रो मुलुकबाट नर्स ल्याउनुपर्ने जिकिर गर्नुभयो ।




भर्खरै