९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

तानसेन नगरपालिकाले विद्युत् महसुलमा उपभोक्तालाई छुट

तानसेन नगरपालिकाले विद्युत् महसुलमा उपभोक्तालाई छुट
अ अ+ अ-

रामपुर । विद्युत् महसुलमा पाल्पाको तानसेन नगरपालिकाले छुट दिने भएको छ । आव २०७९/८० का लागि नीति तथा कार्यक्रम पारित गर्दै एघारौँ नगरसभामा नगरपालिकाले आगामी वर्षमा उपभोक्ताको २० युनिटसम्मको विद्युत् महसुल भुक्तानी गरिदिने भएको हो । यसका लागि आवश्यक कार्यविधि बनाएर लागू गरिने नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो ।

समुदायबाट सञ्चालित लिफ्ट खानेपानी आयोजनामा खपत हुने विद्युत् महसुलमा २५ प्रतिशत अनुदान दिने बताइएको छ । राजस्व सङ्कलनको अवस्थाका आधारमा वडालाई बजेट विनियोजनमा प्राथमिकता दिने, विपन्न नागरिकलाई न्यूनतम विद्युत् महसुलमा छुट दिने, लिफ्टिङ् खानेपानी योजनामा उपभोक्तालाई महसुलमा छुट दिने, तानसेनको फोहर व्यवस्थापनलाई थप प्रभावकारी बनाउन अध्ययन तथा कार्य गर्ने नगरपालिकाले जनाएको छ ।

विगतमा अगाडि बढाइएको छोरी शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने, एक वडा एक किलोमिटर सडक विस्तारलाई निरन्तरता दिने, ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य पहुँच पुर्याउन स्वास्थ्य केन्द्र सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ । विगतको अधुरा योजना र केही नयाँ योजनालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याइएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

कृषि पशुपालनलाई प्राथमिकतामा राखेर दूध र मासुमा नगरलाई आत्मनिर्भर बनाउने नगरपालिकाको योजना छ । नगरभित्रका आर्थिक रुपले पछि परेका, विपन्न समुदाय बोटे, माझी समुदायको आर्थिक विकासका लागि छुट्टै कार्यक्रम ल्याउने घोषणा गरिएको छ । पाल्पाली ढाका र करुवाको विकास तथा प्रवद्र्धन गर्ने नगर उपप्रमुख प्रतिक्षा सिञ्जालीले बताउनुभयो ।

कृषि पशुपालन गर्ने किसानलाई एकल वा सामूहिक रुपमा अनुदान साझेदारी कार्यक्रम सञ्चालन गर्ने, उर्वरभूमिको संरक्षणका लागि भूमिको वर्गीकरण गर्ने, कृषियोग्य जमिनमा संरचना बनाए त्यसको राजस्व दोब्बरले वृद्धि गर्ने, विभिन्न अपाङ्गता भएका व्यक्तिलाई मासिक भत्ता दिने लगायतका नीति तथा कार्यक्रम नगरपालिकाले बनाएको छ ।