२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजारमा विप्रो ब्राण्डको नक्कली बत्ती छ्याप्छ्याप्ती



अ+ अ-

काठमाडौँ । बत्तीको गुणस्तर परिक्षण गर्ने निकाय कमजोर बन्दा काठमाडौँ उपत्यकालगायत देशभर विप्रो ब्राण्डकोे नक्कली बत्ती छ्याप्छ्याप्ती विक्रि भएको पाईएको छ ।

लामो समयदेखि नेपाली बजारमा बत्तीको विक्रिवितरण गर्दै आएको विप्रो ब्राण्डले पछिल्लो समय काठमाडौँ उपत्यकालगायत देशभरका बजारमा नक्कली बत्तीको कारोबार गरेको पाइएको हो ।

काठमाडौँ उपत्यकालगायत देशका विभिन्न सरकारी भवन एवम् विद्यालयमा जडान गरेको बत्ती नक्कली भएको गुनासो यसका प्रयोगकर्ताबाट आउन थालेको छ । सरकारी भवन एवम् विद्यालय निर्माण सम्पन्न हुनुअगाडि नै उक्त बत्ती विग्रिने गरेको प्रयोगकर्ता बताउँछन् ।

सरकारले बत्तीको गुणस्तर मापन गर्न रिन्युएवल इनर्जी टेस्ट स्टेशन (रेट्स) लाई अनुमति दिएपनि उक्त स्टेशनमा बत्तीको मापन गर्ने पर्याप्त स्रोत साधन नहुँदा यस्ता किसिमका ठगी हुने गरेका छन् ।