२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत

कटासेंदेखि अमेरिकाको न्युजर्शीसम्मको फुटवल यात्रा

कटासेंदेखि अमेरिकाको न्युजर्शीसम्मको फुटवल यात्रा
अ अ+ अ-

निलम बुढा, १६ । एक गरीब परिवारकी चेली । बुबा आमाको पैतृक सम्पत्तिको नाममा कर्णाली चिसापानी बजारमा एक कोठे भवन छ, त्यो पनि ऐलानीमा छ । आमा बुबा र तीन दिदी बहिनी र एक दाजू गरी ६ जना परिवार सदस्य । परिवारको खर्च चलाउन निलमका बुबा भारतको उत्तरकाशींमा दोकानको हेल्पर काम गर्छन् । आमा त्यही हाउसमेटको काम गर्छिन् । परिवार जेनतेन चलिरहेको छ। यस्तो अवस्थामा निलमलाई फुटबलमा आफ्नो क्यारियर बुनेकी छिन् । फुुटबलकै माध्यमबाट नेपालको राष्ट्रिय टीममा परेर आफ्नो क्यारियर अगाडि बढाउने सपना छ ।

यस्तो लाग्छ, निलमको ब्लडमै फुटबल मिसिएको छ । शान्त, सौम्य अनि अनुशाषित खेलाडी । गत कात्तिकमा उनी ‘टीम जानकी’ कैलालीको तर्फबाट उपकप्तन भएर उप मेयर कप खेल्न एन्फा कम्प्लेक्स गएकी थिइन् । यसका लागि जानकी गाउँपालिकालाई पनि विशेष धन्यवाद दिनुपर्छ । किनकि, उनी लम्की चुहा ३ की बासिन्दा भएर पनि टीम जानकीबाट उपमेयर कप खेलिन् । जानकीको टीम म्यानेजरका हैसियतले मैले निलमलाई कटासें फुटबल मैदानमा तयारीका लागि बोलाएको थिएँ । प्रशिक्षकद्धव लक्ष्मी श्रेष्ठ र माधव भण्डारीले निलमलगायत अन्य खेलाडीलाई निखार्न धेरै सहयोग पुराए ।

निलमको फुटबल यात्रा भारतको उत्तराखण्डबाट शुरु भएको हो । उनको बुबा कामको सिलसिलामा भारतको उत्तराखण्डमा पर्ने उत्तरकाशीं गएका थिए । त्यही नौ वर्ष उमेरदेखि निलमले फुटबल खेल्न शुरु गरिन् । उत्तरकाशींको मनेरा स्टेडियममा दैनिक अभ्यास गर्थिन् । दुई महिने तालिम पछि उत्तरकाशींको टीमबाट फुटबल प्रतियोगिता खेल्न देहरादुन गइन् । त्यहाँ उनको टीम पहिलो भयो ।

त्यसपछि उत्तराखण्ड टीमको लागि छनौट भयो, त्यसमा निलम पनि छानिइन् । सन् २०१६ मा सुब्रोतो कप इन्टरनेश्नल टुर्नामेण्ट खेल्न दिल्ली गइन् उत्तराखण्डको टीमबाट । त्यहाँ उनको टीम सफल भएन ।

पारिवारिक कामले निलमका बुबा आमा नेपाल फर्किनुपर्ने भयो । निलम पनि बुबाआमासँगै सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको चिसापानी फर्किइन् । सुरुका दिनमा निकै गारो भयो । किनभने चिसापानीमा केटीहरुको फुटबल टोली थिएन। भारतको जस्तो ग्राउण्ड पनि थिएन । भएको ग्राउण्डमा केटाहरुसँग फुटबल खेल्न थालें तर त्यहाँ केटाहरुको छाडा शब्द र नकारात्मक टचको कारण फुटबल खेल्न छोड्नु पर्ने अवस्था आयो । उनलाई लागेको थियो, फुटबल करियर अब कहिलै फर्किन्न । किनभने यहाँ त्यस्तो अवसर पनि पाइरहेको थिएन। दुई साल निलमको फुटबल जीवनमा विराम लाग्यो । तर, २०२१ को जुनमा निलमको जीवनमा एकाएक मिराकल आएजस्तै भयो ।

उनी भन्छिन्, ‘मलाई कसैले चिसापानी ग्राउण्डमा फुटबल पोशाकमा आउनु भनेको थियो । त्यहाँ जाँदा त एक सय जति केटीहरु फुटबलका लागि लामबद्ध थिए । आयोजक रारा फाउण्डेशनले मलाई २० वटा बल, कोन, मार्कर र ल्याडरसहित कोचको जिम्मेवारी दियो । अनि मेरो जीवनमा फुटबलले नयाँ इन्ट्री पायो ।

मुलुकभर कोरोनाले आक्रान्त भइरहेका वेला हामी चिसापानी कर्णाली पुल आसपासका झन्डै एक सय केटीहरु विहान र वेलुकी दुई पटक फुटबल खेल्न थाल्यौं । लगातार ३ महिना फुटबल खेलिरहेका थियौं, अचानक मलाई रारा फाउण्डेशनले एन्फा उपमेयर कप राष्ट्रिय प्रतियोगिताका लागि जानकी गाउँपालिको टीमबाट खेल्न अफर गर्यो । मैले सहज स्वीकार गरें । डेढ महिनाको क्लोज क्याम्पपछि हामी एन्फा कम्प्लेक्समा गयौं फुटबल खेल्न । तर, हाम्रो टोली दुबै खेलमा पराजित भयो । यद्यपि हाम्रो टोली टीम जानकीले वेष्ट फेयर प्ले अवार्डको ट्रफी जित्यो ।

निलमको भनाइमा, एन्फामा फुटबल खेल्न जाँदा सयौं केटी फुटबल खेलिरहेको देखें, उनीहरुबाट म धेरै प्रभावित भएको छु । खासगरि नेपाली खेलाडी सावित्रा भण्डारी साम्बा मेरो आदर्श हो । उनीजस्तै म पनि कुनै विभागीय टीमको सदस्य बन्दै आफ्नो फुटबल क्यारियर अगाडि बढाउन चाहान्छु । मेरो बुबा आमाको पनि सपना छ, मेरो छोरीले फुटबलकै माध्यमबाट देशको टीमबाट खेलेको हेर्नेै ।

म भारतमा रहँदा उत्तराखण्ड टीमबाट नेश्नल टीमको छनौटको लागि मेरो नाम सिफारिश भएको थियो तर फाइनलीष्टमा मेरो नाम परेन । त्यतिखेर म आफूलाई आफ्नो मातृभूमि नेपालको राष्ट्रिय टीमबाट खेलेको हेर्न चाहन्थे । सायद मैले अझै मिहिनेत गरेमा त्यो पनि एकदिन पुरा हु्न्छ होला ।

नेपालस्थित अमेरिका दुतावासको नेपालस्थित अमेरिका दुतावासको “Kick the Ball, Set Your Goal: Empowering Girls through Sports for Personal Development” अन्तर्गत पाँच जना फुटबलप्रेमी स्कूले विद्यार्थी किशोरीहरू (जसमा निलम पनि छनौट भइन्अ) हिले दुई हप्ता लामो स्पोर्टस भिजिटर कार्यक्रमका लागि अमेरिकामा छिन्।

कर्णाली चिसापानीदेखि अमेरिकाको न्युजर्शी फुटबल मैदानसम्मका यात्रा हाम्रो समाजमा सफल उदाहरण बन्न पुगेको छ । फुटबल खेलेर के पाउँछ र? भन्नेलाई निलमले जवाफ दिएकी छिन् ।

हाम्रो अग्रिम शुभकामना छस् अमेरिकाबाट फर्किएर पूर्वी कैलालीको क्षेत्रमा फुटबल खेलमार्फत् गल्र्स इम्पावरमेण्ट अभियानमा सक्रिय भूमिका होस् । तिम्रो अनुभव र सीप हाम्रा समाजका अन्य चेलीहरुले सिक्न पाऊन् । जय हो चेली फुटबल अभियान ।

–भोजराज भाट संञ्चारकर्मी एबं फुटवलमा अभियन्ता हुनहुन्छ ।