• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
Latest
★   ‘बोक्सीको घर’ ले पूरा गर्‍यो ५१ औँ दिन ★   वैचारिक, राजनीतिक कार्यदिशामा आधारित भएर सहमतिमा नेतृत्व चयन गर्नुपर्छ: झलनाथ खनाल ★   सरकार र आन्दोलनरत ट्याङ्कर चालकबिच सहमति ★   संसद सचिवालयका कर्मचारीको मागबारे बैठक सकारात्मक, माग सम्बोधन नभए आन्दोलन जारी रहने चेतावनी ★   कोशी प्रदेशमा चट्याङबाट एक दशकमा दुई सय ५४ को मृत्यु ★   ‘नदी धमिलिने बित्तिकै मेलम्ची बन्द’ ★   भारतमा रेल दुर्घटनामा परी पाँच जनाको मृत्यु ★   सङ्खुवासभा बाढीपहिरो: १० वर्षमा २१ जनाको मृत्यु, ३८ जना बेपत्ता ★   नेकपा (एस) भित्र विचारमा कुनै मतभेद छैन: माधवकुमार नेपाल ★   धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा बाङ्गियो

सरकार प्रतिपक्षसँग संवादहिनताको अवस्थामा रह्योः ओली



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रतिपक्षसँग संवादहिनताको अवस्थामा रहेको बताउनु भएको छ ।

अध्यक्ष ओलीले २०४६ सालको परिवर्तनपछि शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकारले प्रतिपक्षसँग सबै विषयमा संवादहिनताको अवस्थामा पु¥याएको दावी समेत गर्नु भयो । मंगलबार पूर्वराजदुतहरुको समूहले काठमाडौंमा आयोजना गरेको नेपालको परराष्ट्र मामिलाबारेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्रीले विदेश भ्रमण गर्दा समेत कुनै परामर्श नगर्ने, सबै कुरा गोप्य राख्ने र प्रतिपक्षका विरुद्ध जाने खालका डेमोक्रेसीमा हुँदै नहुने गतिविधिहरुमा सरकार संलग्न भईरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भयो ।

राष्ट्र र राष्ट्रियताको सवालमा, लोकतन्त्रको सवालमा कम्तीमा पनि दलहरुबीच राष्ट्रिय सहमतीका साथ अघि बढनुपर्ने अवस्थामा सरकारले त्यसो नगरीरहेको अध्यक्ष ओलीको भनाई थियो । अध्यक्ष ओलीले प्रधानमन्त्री अन्तराष्ट्रिय मञ्चहरुमा जाँदा, अन्य देशको भ्रमणमा जाँदा विगतमा प्रतिपक्षसँग, विज्ञहरुसँग छलफल हुने गरेको उल्लेख गर्दै वर्तमान सरकारले भने त्यो काम पनि गर्न नचाहेको आरोप लगाउनु भयो ।

उहाँले भन्नु भयो, ‘यो सरकार बनेपछि सिम्पली भन्ने हो भने संवाद छैन । २०४६ साल पछि यस्तो संवादहिनता कुनै पनि विषयमा प्रतिपक्ष त कन्सिच्यूसन्नली प्रतिपक्ष हो नि । यो सँग कुनै परामर्श पनि नगर्ने र सबै कुरा गोप्य राखिने र प्रतिपक्षका विरुद्ध जाने खालका कुराहरु यस्तो डेमेक्रेसीमा हुँदैन । यो संवादहिनताको स्थिति अरु धेरै कुराहरु म भन्न चाहन्न । त्यसकारण तपाईहरुले जे कुरा उठाउनु भएको छ । त्यसमा खाली शब्दमा मात्रै होईन सहमती । यसको रुटकस कहाँनिर हो ? सहमती किन बनिराखेको छैन ? किन संवाद भईराखेको छैन ? जस्तो प्रधानमन्त्री बाहिर जानुभन्दा अगाडि त प्रतिपक्षसँग त परामर्श हुन्थ्यो नै । त्यो त अनिवार्य नै कुरा हो । प्रतिपक्ष भनेको एउटा बैकल्पिक सरकार हो । सरकारमा जानका लागि तयारी शक्ति हो भनेर मानिन्छ । त्योसँग त परामर्श गर्नु पर्छ नै । साथसाथै विज्ञहरुसँग परामर्श गर्ने हाम्रो चलन थियो ।

हामी जहिले पनि प्रधानमन्त्री बाहिर जान्छ भने यूएनमा जानुभन्दा अगाडि, अरु त्यस्तो फोरमहरुमा जानुभन्दा अगाडि अथवा कुनै देशको भ्रमण गर्नु भन्दा अगाडि किन जाँदैछ ? त्यहाँ गएर के गर्छ ? भन्ने कुरामा छलफल गरिन्थ्यो र कसरी जाऊ, केके गरौं भनेर परामर्श गरिन्थ्यो । यसो भएको छैन यो एउटा अलि गम्भिर कुरा हो । तर यो मेरो डिमान्ड होइन । नगरी चलाउनु हुन्छ भने चलाउनुस्न । लोकतन्त्रमा, प्रजातन्त्रमा सहमतीको नयाँ डेफिनेशन गर्नु हुन्छ भने ठिक छ ।’

अध्यक्ष ओलीले सरकारले प्रतिपक्षसँग कुनै परामर्श नगरेकोमा आफ्नो गुनासो भने नरहेको बताउनु भयो । लोकतन्त्रमा, प्रजातन्त्रमा सहमतीको नयाँ डेफिनेशन गर्नु हुन्छ भने प्रतिपक्षसँग परामर्श नगरी सरकार चलाए हुने उहाँले बताउनु भयो ।