१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द

एमपीपीमा सहभागि नहुने भनेर पत्राचार नगरेकामा सांसद रावलको आपत्ति

एमपीपीमा सहभागि नहुने भनेर पत्राचार नगरेकामा सांसद रावलको आपत्ति
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवम् सांसद भीम रावलले सरकारले अमेरिकालाई स्टेट पार्टनरसीप प्रोगाम (एमपीपी)मा सहभागि नहुने भनेर पत्राचार नगरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

सोमबार नयाँबानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता रावलले सरकारले एसपीपीमा सहभागि नहुने भनेर हालसम्म अमेरिकालाई पत्राचार नगरेको भन्दै आपत्ति जनाउनुभएको हो । उहाँले अमेरिकाले नेपालले सम्झौता रद्ध गर्न सक्ने भनेर भनेको भएपनि नेपाल सरकारले पत्राचार गर्न नसकेको बताउनुभयो । नेता रावलले पत्र नपठाउनुको कारण के हो ? भनेर सरकारलाई प्रश्न समेत गर्नुभयो । उहाँले प्रधानसेनापति, परराष्ट्रमन्त्री, गृहमन्त्री र गठबन्धन दलका नेताहरुले समेत एसपीपीमा नेपाल सहभागि नहुने बताइरहँदा पनि पत्र नपठाएकोप्रति आशंका व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘अमेरिकी राजदूताबासले यदी नेपालले यो सदस्यता रद्ध गर्ने हो भने गर्न सक्छ भनेर भनिराखेको छ । सार्वजनिक रुपमा भन्यो । तर बालुवाटारमा बैठक बसेर गठबन्धनका नेताहरु सर्वदलिय बैठक बोलाउने भन्ने कुराहरु भन्छन् भन्नेकुरा समचार माध्यममा पढ्न पाइयो । साझेदारी कार्यक्रममा संलग्न हुने बेलामा सर्वदलीय बैठक चाहिएन । अनि यो नेपाल सैनिक अखडा हुन सक्दैन ।

यो हिन्द प्रशान्त रणनीतिको अंग हुन सक्दैन भनेर नेपाली जनताले व्यापक रुपमा आवाज उठाउँदाखेरी, संसदले आवाज उठाउँदाखेरी सरकारका मन्त्रीहरु हामी सैनिक गठबन्धन नजान प्रतिवद्ध छौँ । हामी संलग्न हुँदैनौ भन्ने । त्यो पत्र पठाउन के ले रोक्यो ? यदी उहाँहरु आफ्नो भनाईप्रति इमान्दार हुनुहुन्छ भने अमेरिकास्वयम्ले यदी नेपाल यसको सदस्य हुन चाहादैन भने रद्ध गर्न सक्छ भनिसकेपछि हामी हुन चाहादैनौ भनेर पत्र किन नपठाएको त ? कसले रोक्यो त ? प्रधानसेनापति हुनु हुदैन भन्ने । परराष्ट्र मन्त्री हामी हुँदैनौ भन्ने । गृहमन्त्री संसदमा हुँदैनौ भन्ने । गठबन्धनका नेताहरु यो त हुनु हुँदैन भन्ने । अनि पत्र रोक्ने हात समात्न आएको को रहेछ त ?’

नेता रावलले आगामी निर्वाचनमा समान विचार, दर्शन र कार्यक्रम भएकाहरुसँगमात्रै गठबन्धन गर्नुपर्नेमा जोड दिनुभयो । विपरित सिद्धान्त भएकाहरु बिचको गठबन्धन अनैतिक हुने उहाँको तर्क थियो । उहाँले भन्नुभयो – ‘आगामी निर्वाचनमा यदी नेपालको संविधानको सम्मान गर्ने हो भने समान विचार, समान कार्यक्रम भएकाहरुले मात्रै यस्तो लोकप्रिय मतको लागि एक भएर जानसक्ने हुन्छ । विपरित सिद्धान्त र विचार भएका मान्छेले लोकप्रिय मत मिलेर जान्छौँ भन्ने कुरा अनैतिक कुरा हो ।

निर्वाचन भइसकेपछि कुनै कार्यक्रम लागु गर्नका लागि गठबन्धन गर्ने कुरा त्यो हुन सक्छ । विभिन्न ठाउँमा हुन्छ । तर त्यसको लागि पनि सिद्धान्त, विचार र कार्यक्रममा सामिप्यता हुनुपर्छ । तर यहाँ त पदको लागि मिलेर खाने । छ, छ महिनामा मन्त्री हुने । तिन, तिन महिनामा भागबन्डा गरेर खाउँ । मानौँकी यो कसैको व्यक्तिगत सम्पति हो जस्तो यो राज्य । यस्तो भएको हुनाले मैले त समान विचार, समान दर्शन, समान कार्यक्रम भएकाहरु जहिल्यैपनि सँगै हिड्नुपर्छ । विपरित सिद्धान्त भएका जाने भनेको अनैतिक काम हो म भन्दै आएको छु । त्यसकारण आउने निर्वाचनलाई पनि त्यसरी नै हेर्नुपर्छ भन्ने मेरो धारणा छ ।’

उहाँले मिलेर पद बाँडफाँड गर्नका लागि सत्तारुढ गठबन्धन भएको टिप्पणी गर्नुभयो ।