४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

काभ्रेका स्थानीय तह: योजना र बजेट निर्माणमा व्यस्त

काभ्रेका स्थानीय तह: योजना र बजेट निर्माणमा व्यस्त
अ+ अ-

काभ्रे । काभ्रेपलाञ्चोकका स्थानीय तह आगामी आर्थिक वर्ष २०७९/८० का लागि योजना तथा बजेट निर्माणमा व्यस्त छन् । नवनिर्वाचित यहाँका जनप्रतिनिधि नीति, कार्यक्रम तथा बजेट निर्माणका लागि योजनातर्जुमा तथा स्थानीयस्तरमा भेला, गोष्ठी गरिरहेका छन् ।

केही पालिकाले भने नवनिर्वाचित जनप्रतिनिधि, विभिन्न शाखा प्रमुख, वडाध्यक्ष तथा वडा सचिव लक्षित बजेट निर्माण प्रक्रियाका विषयमा जानकारी गराउन विज्ञ नै डाकेर गोष्ठीसमेत आयोजना गरेका छन् । नमोबुद्ध नगरपालिकाले गतसाता सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव गोपीकृष्ण खनाल र स्थानीय विकासका विज्ञ विष्णुदत्त गौतमलाई योजना तथा बजेट निर्माणका विविध विषयमा प्रशिक्षण दिन लगाएको थियो ।

खनाल र गौतमले पालिकाका स्रोत, समस्या र चुनौती तथा चालू आर्थिक वर्षभित्रै गनुैपर्ने कामका विषयमा जानकारी दिनुका साथै नागरिकको आम्दानीमा वृद्धि गर्नुपर्ने, भौगोलिक अवस्था, ऐतिहासिक सम्पदा, कृषियोग्य भूमिलगायतका जानकारी गराउँदै अहिलेदेखि नै योजनाबद्धरुपमा अघि बढ्ने हो भने पाँच वर्षमा स्थानीय तहको मुहार फेरिनेबारे जानकारी गराउनुभएको थियो ।

साथै उहाँहरुले स्थानीय तहको राजस्व अधिकार तथा अन्तरसरकारी वित्तीय हस्तान्तरण, तीन तहका सरकारले उठाउन पाउने कर, त्यसको बाँडफाँट र परिचालनलगायतका विषयमा जानकारी दिनुभयो ।

नमोबुद्धका नगरप्रमुख कुन्साङ लामाले विकास देखिने र प्रभावकारी हुने खालका योजना ल्याउन वडाध्यक्षलाई आग्रह गरिएको बताउनुभयो । “सबै वडाको समग्रमा विकास भएमात्रै नगरको विकास देखिने हो, हाम्रो कार्यकालको सुरुआती वर्ष भएकाले दीर्घकालीन योजनाको खाका बनाउन लागेको छौँ”, उहाँले भन्नुभयो । उहाँले उत्कृष्ट योजना ल्याई समयमै काम सम्पन्न गर्ने वडालाई पुरस्कृत गर्ने नीति बनाउने बताउनुभयो ।

संवैधानिक व्यवस्थाअनुसार यही असार १० गतेभित्र आगामी आवका लागि बजेट विनियोजन गरी प्रस्तुत गर्नुपर्ने भएकाले यहाँका स्थानीय तहलाई योजना छनोटसँगै बजेट निर्माणमा चटारो परेको हो । अधिकांश तहले वडास्तरका योजनातर्जुमा गरिसकेका छन् भने केही तहले वडागतरुपमा पाउने ‘बजेट सिलिङ’ पठाएका छन् । सोही आधारमा केही वडाले योजना निर्माण गरेको पाइएको छ ।

काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् । जिल्लाका अधिकांश तहले असार १० गते नै आगामी आवका लागि बजेट प्रस्तुत गर्ने तयारी गरेका हुन् । बजेट निर्माणका लागि वडाबाट आएका योजनालाई प्राथमिकीकरण गर्दै कार्यान्वयनमा लैजाने धुलिखेल नगरप्रमुख अशोक व्याञ्जुले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी विभिन्न बैठक, छलफल र भेलामार्फत हाल बजेट निर्माणको तयारीमा जुटे्का छौँ ।” उहाँले चौँरी देउराली गाउँपालिकाले भने आगामी आवका लागि योजनातर्जुमा गर्न सर्वपक्षीय बैठक नै आह्वान गरेको छ ।

मङ्गलबारका लागि तय गरिएको बैठकमा सबै वडा अध्यक्ष, पालिकामा रहेका नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा(माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायतका राजनीतिक दल, शिक्षकका विभिन्न सङ्गठन, नागरिक समाजका अगुवा, बुद्धिजीवी, समाजसेवी, योजनाविद्, विभिन्न युवा क्लबलगायत सङ्घसंस्था तथा युवासँग सरोकार राख्ने व्यक्तिसमेतलाई सहभागीका लागि अनुरोध गरिएको छ ।

“स्थानीय नागरिकको अधिकतम् माग गुनासो र आवश्यकतालाई सम्बोधन गर्ने उदेश्यले सर्वपक्षीय बैठक आह्वान गरेका हौँ”, गाउँपालिका अध्यक्ष रेणुका चौलागार्इंले भन्नुभयो । उक्त गाउँपालिकाले पनि असार १० गते नै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने योजना बनाएको छ ।

पाँचखाल नगरले आउँदो शुक्रबार प्रस्तुत गर्ने नीति, कार्यक्रम तथा बजेटमाथि छलफल गर्न नगरसभा सदस्यलाई निमन्त्रणा गरेको छ । “हामी योजनाका लागि बजेट निर्माणमै व्यस्त छौँ, असार १० गते नै बजेट प्रस्तुत गर्नेछौँ”, नगरप्रमुख महेश खरेलले भन्नुभयो । उहाँका अनुसार ११औँ नगरसभामार्फत ‘पाँचखाल नगर, कृषि सहर’को नारालाई थप मजबुत बनाउन नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिनेछ ।

उक्त नगरले पाँच दिनको समयसीमा तोकर बुधबारसम्म रु ३० लाखसम्मको बजेट सिलिङभित्र रही योजना बनाई कार्यालयमा उपलब्ध गराउनसमेत सबै वडालाई पत्राचारसमेत गरेको छ । पत्रमा ‘आगामी आवका लागि नगरबाट अवलम्बन गरिने नीति, कार्यक्रम तथा बजेट तयार गर्नुपर्ने भएकाले के, कस्ता विषय/कार्यक्रम समावेश गर्न सकिन्छ रु आफ्नो अमूल्य सुझावसहित तोकिएको बजेट सिलिङअनुसार बुधबारसम्मा योजना उपलब्ध गराउन हुन अनुरोध गरिएको उल्लेख छ । रासस