५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसीसी महिला टी–ट्वान्टीः नेपाल एक खेल अगावै सेमिफाइनलमा (भिडियोसहित)



अ+ अ-

काठमाडौं । नेपालले एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको छ ।

मलेसियाको किनरारा ओभलमा सोमबार सम्पन्न खेलमा बहराइनलाई ८ विकेटले हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको हो । बहराइनले दिएको १५ रनको लक्ष्य नेपालले ३ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।

नेपालका लागि सीता राना मगरले ४ रन जोडिन् । कविता कुँवर ३ रनमा अविजित रहिन् । इन्दु वर्मा सुन्य रनमा आउट हुँदा कप्तान रुबिना क्षेत्री सुन्य रनमा अविजित रहिन् । ८ रन नेपालले अतिरिक्त पायो ।

बहराइनकी पभिथ्र सेट्ठी र भिल्सिटा बार्बोजाले एक एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाएर १४ रन बनाएको थियो ।

वर्षाको कारण खेल ७ ओभरमा झारिएको थियो । बहराइनकी इशारा सुहुनले ६ रन जोडिन् । कप्तान दिपिका रासंगिका र थरंगाले समान दुई–दुई रन जोडे । नेपालकी कविता कुँवर र सबनम राईले २र२ विकेट लिए भने
अश्मिना कर्माचार्यले १ विकेट लिइन् ।

समूह ‘बी’ मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले ३ खेलमा ६ अंक जोडेको छ । अब नेपालले अन्तिम खेल मंगलबार हङकङसँग खेल्नेछ ।

च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । नेपाल समूह ‘बी’मा रहेको छ । जुन समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् । यस्तै, समूह ‘ए’ मा मलेसिया, युएई, ओमान, कतार र सिंगापुर रहेका छन् ।

समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोली महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।