१४ आश्विन २०८१, सोमबार
,
Latest
म्याग्दीमा परम्परागत जौँ र उवाको व्यावसायिक खेती अवरुद्ध हेटौँडा–भैसे, सिमभन्याङ–पालुङ–नौबिसे, हेटौँडा–सिन्धुली–धरान चतरा सडक खुल्यो सिंहदरबारमा विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक जारी बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा रु एक करोड सहयोगको घोषणा राजमार्गमा खसेको ढुङ्गा हटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी विद्युत् सेवा अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित वर्षाजन्य विपद्: ललितपुरमा केयुकेएलको खानेपानी अवरुद्ध धादिङ र काभ्रेका सीडीओ फेरिए अमेरिका भ्रमण पूरा गरेर प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै बाढी, पहिरो र डुबानमा मृत्यु हुनेको संख्या १ सय ९२ पुग्यो, ३० जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनबाट देशलाई चिथोर्ने काम भइरहेको छः सांसद न्यौपाने (भिडियोसहित)



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले देशलाई पाँच दलीय गठबन्धनले चिथोर्ने काम गरिरहेको बताउनु भयो । उहाँले अर्थमन्त्रीले व्यापारीहरुका प्रतिनिधिहरुसँग बसेर बजेट बनाएको कुरामा जनता र प्रतिपक्षले छानबिन समिति बनाएर अध्ययन गर्न माग गरेपनि सरकारले त्यसलाई बेवास्ता गरिरहेको बताउनु भयो ।

उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे जनताले जान्न चाहेको तर प्रधानमन्त्री संसद छल्ने काममा लागिपरेको आरोप लगाउनु भयो ।

राष्ट्रिय सभा सदस्य न्यौपानेले भन्नुभयो, ‘यो देशलाई सत्ता,पक्षले, पाँच दलीय गठबन्धनले, सरकारले कोपर्ने काम भएको छ । चिथोर्ने काम भएको छ । नेपाली आमालाई रगताम्य पार्ने काम भएको छ । अर्थमन्त्रीज्यूको बारेमा थुप्रै प्रश्नहरु उठे, हामीले छानबिन समिति बनाउनुहोस् भनेका छौँ । बजेट निर्माणको सम्बन्धमा अनाधिकृत व्यक्तिहरुलाई राखेर बजेट बनाइयो भन्ने विषय धेरै उठ्यो । जनताले भने । हामीलाई तपाईले ढाँट्न स्क्नुहोला, तर प्रविधिलाई ढाँट्न सक्नुहुन्न, त्यसैले सिसिटिभी फूटेज देखाइयोस् भन्यौँ । छानबिन समिति गठन गरियोस् भन्दा के गल्ती भयो ? फेरि पनि म भन्न चाहन्छु छानबिन समिति गठन गरियोस् ।

अहिले प्रधानमन्त्रीज्यूसम्बन्धित धेरै प्रश्न उठका छन्, तर प्रधानमन्त्रीज्यू प्रतिनिधि सभामा मान्यज्यूहरुले धेरै कुरा उठाउनुभएको छ । तर उहाँ जवाफ दिन आउनुहुन्न । सदनलाई छल्नुहुन्छ । संस्कृति मन्त्रीले संस्कार सिकाउनुपर्ने हो । उहाँले बोल्दै गर्दा अहिले कान थुन्नुपर्ने अवस्था छ । अश्लील शब्द बोलेको अडियो सार्वजनिक हुँदापनि यो सरकार मौन रहन्छ ।’

राष्ट्रिय सभा सदस्य न्यौपानेले संस्कार सिकाउने संस्कृति मन्त्रीले सुन्नै नसकिने कुराहरु बोलेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले अश्लील शब्द प्रयोग गरेको अडियो सार्वजनिक हुँदापनि सरकार मौन रहेको भन्दै आपत्ति जनाउनु भयो ।