४ असार २०८३, बिहीबार
,
Latest
राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा, १२ लाख ९८ हजार प्रतिष्ठान सहभागी तनहुँमा १९ शङ्कास्पद व्यक्ति नियन्त्रणमा सञ्चारमन्त्री डा तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट पोखरा बसपार्क क्षेत्रका संरचनामाथि महानगरको डोजर (फोटो फिचर) ऊर्जा मन्त्रालयलाई १ खर्ब १४ अर्ब बजेट, १० वर्षमा ३० हजार मेगावाट उत्पादन लक्ष्य नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छः मन्त्री पुन विपक्षी सांसदको गुनासो : संसद्मा उठाएका विषयको सुनुवाइ भएन मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ मनसुन विपद्का लागि सरकारको उच्च सतर्कता, हेलिकप्टरसहित सबै स्रोत परिचालन हुने आगामी सातादेखि मनसुन प्रतिकार्यमा जुट्नुपर्नेछः प्रमुख कोईराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकृति, विसङ्गति र भ्रष्टाचार अन्त्यका लागि सङ्घसंस्थाले राज्यलाई घच्घच्याउनु पर्छ: खिलाराज रेग्मी



अ+ अ-

काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलाराज रेग्मीले समाजसेवामा सामाजिक सङ्घसंस्थाको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । फोकस नेपालले आयोजना गरेको ‘समुन्नत नेपाल निर्माणमा सामाजिक सङ्घसंस्थाको भूमिका’ विषयक विचार गोष्ठीमा उहाँले समाजको सेवामा सामाजिक सङ्घसंस्थाको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

“मानव सेवा र समाजसेवा गर्न सजिलो छैन, यसका लागि भित्री मनबाट नै इच्छाशक्ति हुनुपर्दछ, समाजसेवामा लाग्न ठूलो मन चाहिन्छ”, उहाँले भन्नुभयो । उहाँले समाजभित्र देखिने विकृति, विसङ्गति, भ्रष्टाचार अन्त्यका लागि सङ्घसंस्थाले राज्यलाई घच्घच्याउनुपर्ने बताउनुभयो ।

पूर्वअर्थमन्त्री तथा साहित्यकार शङ्करप्रसाद कोइरालाले सरकार नपुगेको दुर्गम ठाउँमा सामाजिक सङ्घसंस्था पुग्ने गरेको बताउँदै समाज विकासका लागि सामाजिक संस्थाको ठूलो भूमिका रहेको बताउनुभयो । सामाजिक सङ्घसंस्थाले सङ्गठित नागरिकको भूमिका खेलेको उहाँको भनाइ थियो ।

फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले सरकार र नागरिकबीचको सम्बन्धलाई सामाजिक सङ्घसंस्थाले नजिक बनाएको बताउनुभयो । सो अवसरमा सामाजिक सेवामार्फत उत्कृष्ट कार्य गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।